Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन, ओली र मोदीले उद्घाटन गर्दै

ऊर्जा खबर भदौ २४, २०७६   1787

पेट्रोलियम



पर्सा (वीरगन्ज) – दक्षिण एसियामै पहिलो पटक निर्माण भएको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (मोतिहारी–अमलेखगन्ज) प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने भएका छन् । आज (मंगलबार) अपरान्ह १२.१५ बजे दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले नयाँ दिल्ली हैदरावाद हाउसबाट स्वीच थिचेर पाइपलाइनको भल्भ खोल्ने कार्यक्रम छ । यहाँबाट अहिले डिजेलमात्र आयात हुने नेपाल आयल निगमका सुरेन्द्र पौडेलले बताए ।

ad

निगमका अनुसार पाइपलाइन सञ्चालनपछि दैनिक प्रतिघन्टा १ सय ६० देखि १ सय ७० किलोलिटर डिजेल आयात हुन्छ । अमलेखगन्जको क्षमता १ सय ६० किलोलिटरको मात्र रहेको छ । पाइपलाइन सञ्चालनपछि वार्षिक एक अर्ब रुपैयाँबराबरको ढुवानी खर्च जोगिने निगमले दाबी गरेको छ ।

‘पाइपलाइनले पेट्रोलियम ढुवानी हुने ४ सय ट्यांकर विस्थापित गर्नेछ,’ पौडेलले भने, ‘साथै, वार्षिक २० प्रतिशतले बढ्ने पेट्रोलियम मागसमेत धान्न सक्नेछ ।’

निर्माण सुरु गरेको ३० महिनामा सम्पन्न हुनुपर्ने पाइपलाइनको काम १५ महिनामा सम्पन्न गरेर निगमले गत असारमा परीक्षण गरेको थियो । ८० किलोमिटर पाइप लाइनमध्ये निगमले नेपालतर्फ ३६ किलोमिटर पाइप लाइन निर्माण गरेको छ । जसमा साढे ७ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राखिएको छ ।

पाइप लाइनको रुट पर्ने परवानीपुरमा २ किलोमिटर, जितपुरमा १।६ किलोमिटर र नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिएको निगमले जानकारी दिएको छ । २०७४ फागुन २५ गतेबाट सुरु भएको पाइप लाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरेको हो । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको छ ।

नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड रुपैयाँ (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइपलाइन निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="