Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमको २०७४ असारसम्मको बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था

ऊर्जा खबर जेठ १५, २०७६   224

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट दिने व्यवस्था गरेको हो ।

ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट हुनेछ ।

पुरानो ग्राहकले आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई बक्यौता बुझाउन सक्ने छन् । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="