Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल टेलिकम आफूले उपयोग गर्ने विद्युत आफैं उत्पादन गर्दै

यशोदा सुनुवार फागुन २२, २०७५   2314

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले आफूले उपयोग गर्ने विद्युत देशका विभिन्न ठाउँमा सोलार प्लान्ट राखेर आफैंले उत्पादन गर्ने योजना बनाएको छ । विद्युत प्राधिकरणकाे ग्रिडसँग सिंक्राेनाइज हुने गरी साेलार प्लान्ट राख्न नयाँ योजनामा महत्त्व दिइएको हो ।

टेलिकमले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रवाह गर्न ग्रिडको विद्युतसँगै सोलार र डिजेल जेनेरेटरसमेत प्रयोग गर्दै आएको छ । अब विस्तारै ग्रिडको विद्युत लिन कम गरी आफैं उत्पादन गर्ने योजना अघि बढाइएकाे छ ।  सरकारी वा निजी जग्गा भाडामा लिई सोलार प्लान्ट राखेर विद्युत उत्पादन गर्ने टेलिकमकाे योजना छ ।

ad

कम्पनीले अहिले आफ्नो उपयोगका लागि देशका ८ सयभन्दा बढी ठाउँमा करिब २ सय ८० किलाेवाट विद्युत सोलारबाट उत्पादन गरेको छ । यसलाई विस्तार गर्दै टेलिकमका सबै कार्यालयमा सोलारबाट उत्पादित विद्युत उपयोग गर्ने योजना रहेको छ ।

टेलिकमले अहिले ग्रिडबाट वार्षिक ६ करोड युनिट विद्युत खपत गर्दै आएको छ । आर्थिक वर्ष २०७४/७५ मा उक्त परिमाणको विद्युत खपत गर्दा प्राधिकरणलाई एक अर्ब रुपैयाँ महसुल तिरेको थियो । सोही वर्ष टेलिकमले आफ्नो आम्दानीबाट १४ अर्ब रुपैयाँ खुद नाफा कमाएको जनाइएको छ । सन् २०३० सम्म टेलिकमको विद्युत खपत वार्षिक करिब १४ करोड युनिट पुग्ने प्रक्षेपण गरिएकाे छ ।

टेलिकम स्राेतका अनुसार सन् २०३० सम्म टेलिकमले प्राधिकरणलाई करिब २ अर्ब रुपैयाँ महसुल तिर्नुपर्छ । तर, आफैंले सोलारबाट विद्युत उत्पादन गर्दा तिर्नुपर्ने महसुलमा कमी आउने अनुमान छ ।

टेलिकमकाे हकमा राष्ट्रिय ग्रिड तथा डिजेल जेनेरेटरभन्दा सोलार ऊर्जाले प्रभावकारी सेवा दिन सक्ने इन्जिनियरिङ अध्ययन संस्थान पुल्चाेकका अनुसन्धानकर्ता मधुसुदन दाहालले बताए । उनका अनुसार टेलिकमले सोलार ऊर्जामात्र प्रयोग गर्यो भने वार्षिक ४ करोड युनिट विद्युतले पुग्छ ।

टेलिकमकाे  ऊर्जा खपत तथा व्यवस्थापनबारे विद्यावारिधिसमेत गरिरहेका दाहालले सन् २०३० सम्म टेलिकमले वार्षिक ६ करोड ५० लाख युनिट विद्युतबाट गुणस्तरीय सेवा दिन सक्ने दाबी गरे । ग्रिड विद्युतको तुलनामा सोलार प्रभावकारी हुने हुँदा त्यतिबेला वर्षको करिब ६५ करोड रुपैयाँ बचत हुनेछ ।

दुई वर्षअघि लोडसेडिङ हुँदा समस्या रहेको र वैकल्पिक उपायबाट विद्युत जोहो गरेर सेवा दिँदा प्रभावकारी हुन सकेको थिएन । यस्तो बेला टेलिकमले सहरी क्षेत्र, पहाड र हिमालमा सोलारको विद्युत प्रयोग गर्ने गरेको थियो । घाम नलाग्ने ठाउँमा जेनेरेटरबाट विद्युत उत्पादन गरी सेवा दिँदै आएको थियो ।

सुदूरपश्चिम तथा पूर्वी पहाडी जिल्लामा ५-६ महिनामात्र मानिस बसोबास गरे पनि सेवा पुर्याउनैपर्छ । यस्ता ठाउँमा ऊर्जा लागत घटाउन विद्युतको कम माग हुने समय (राती १० बजेदेखि बिहान ६ बजेसम्म) मा डाइनामिक ट्रान्समिटर सट डाउन टेक्निक र सेल जुमिङको प्रयोग गर्ने गरिएको छ । यसले केही समयका लागि प्रणाली बन्द गर्छ । यसबाट करिब २० प्रतिशत ऊर्जा जोगिने दाहालको भनाइ छ ।

हिमाली क्षेत्रमा प्राधिकरणको ग्रिड नपुगेकाले सोलार र डिजेलबाट विद्युत उत्पादन गरी सेवा दिइरहेको छ । यस्ता ठाउँमा घाम कम लाग्ने, लागत बढी र आम्दानी कम हुने हुँदा कसैले सोलार जोडन मान्दैनन् । उच्च हिमाली भेगमा ऊर्जाको उपलब्धता कम हुने हुँदा सेवा पनि प्रभावकारी हुने गरेको छैन ।

राष्ट्रिय ग्रिड नपुगेको ठाउँमा टेलिकमले अनिवार्य नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्छ भन्ने नीति ल्याउन जरुरी रहेको पनि दाहाललको तर्क छ । तराई र पहाडमा बिटिएस टावर राख्दा लगभग क्रमशः ११ र ६ महिना एसी (कुलिङ प्रणाली) राख्नुपर्छ । तर, हिमाली क्षेत्रमा बिनाएसी चलाउन सकिन्छ । एसी प्रयोग गर्दा थप ऊर्जा खपत हुन्छ । अहिले करिब ७५ प्रतिशत ठाउँमा नेपाल विद्युत प्राधिकरणको लाइन पुगेको छ । विद्युत नपुगेको ठाउँमा सोलारसँगै डिजेलको प्रयोग गरी सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="