Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल टेलिकमको ‘एनटी सुचनाको संसार’ सेवा सुरु

ऊर्जा खबर असार १६, २०७६   579

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले आइतबार (हिजो) बाट ‘एनटी सुचनाको संसार’ सेवा सुरु गरेको छ । टेलिकमले विश्वव्यापी विकास संस्था ‘भियामो’ सँग साझेदारी गरी यो सेवा सुरु गरेको हो ।

एक प्रकारको कल–इन सिष्टम भएको सेवा अन्तर्गत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत सम्बन्धि विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिने टेलिकमले  जनाएको छ ।

ad

टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिनेछ । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिनेछ ।

सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारी भियामोले विशेषज्ञको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञ संलग्न छन् ।

नेपाली भाषामा नै विभिन्न जानकारी सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास छ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षक समेत यसमा समावेश गरिने टेलिकमले जनाएको छ ।

यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस