Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्यार्थीका लागि टेलिकमको अफर, ६ महिनासम्म प्याकेज र वर्षैभरि बोनस

ऊर्जा खबर बैशाख १२, २०७६   512

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीका लागि ‘विद्यार्थी अफर’ याेजना ल्याएकाे छ ।

कम्पनीले ‘अफर’ अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराएको छ । रकममध्ये १० रुपैयाँबाट कल, डाटा खरिद वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल, ६० एमबी डाटा खरिद र २० वटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

ad

‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल, ६० एमबी डाटा र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने भएको छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।

यसैगरी, अफरअन्तर्गत रजिष्ट्रर गरिएका सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नुपर्ने छ ।

टेलिकमका अनुसार अफरमा सुरुको १० रुपैयाँ बाहेक अन्य रकमबाट टेलिकमकै नेटवर्कभित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ । अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइने छ । प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त बोनस एक बर्षसम्म उपलब्ध हुनेछ ।

एसईई दिएका विद्यार्थीले सो सिम लिन विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकता प्रतिलिपी उपलब्ध गराउनुपर्ने छ । उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकता प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचयपत्र प्रतिलिपी उपलब्ध गराउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस