काठमाडौं– साताको पाचौं दिन सेयर बजारमा सामान्य सुधार आएको छ । दिनको कारोबार बन्द हुँदा नेप्से २.९० अंकले बढेर ११९०.०३ विन्दुमा पुगेको छ ।
बिहीबार हाइड्रोपावर, निर्माण तथा उत्पादन बाहेक सबै समूहको सेयर मूल्य उकालो लागेकोे छ । सबैभन्दा बढी जीवन बीमा समूह ४४.०७ अंकले बढेको छ ।
बीमा समूहको ५०११.६० कित्ता सेयर खरिदबिक्री हुँदा १ करोड ७५ लाख ९५ हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
जलविद्यूत समूहको सेयर मूल्यमा भने १०.६६ अंकको गिरावट आएको छ । जलविद्युत समूहतर्फ ११४१.७२ कित्ता सेयर १ करोड ३४ लाख ३६ हजार ४ सय रुपैयाँ मुल्यको कारोबार भएको नेप्सेले जनाएका छन् ।
दिनभर १ सय ६२ कम्पनीको १३ लाख ७४ हजार ३ सय ४६ कित्ता सेयर ३७ करोड ९ लाख ७१ हजार ९ सय ३९ रुपैयाँमा ४ हजार १ सय ७० पटक किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस