body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुँजी बजारको गिरावट रोकिएन, जलविद्युत समूह २ अंकले घट्यो

   असोज २१, २०७५        141        ऊर्जा खबर

काठमाडौं– साताको पहिलो दिन पनि पुँजी बजारको गिरावट रोकिएन । आइतबार सेयर परिसूचक नेप्से १३.०३ अंकले घटेको छ । १.०६ प्रतिशतले घटेको नेप्से १२१४.३६ विन्दुमा झरेको छ । दिनको कारोबार बन्द हुँदा निर्माण तथा उत्पादनबाहेक सबै समूहको सेयर मूल्यमा गिरावट आएको छ ।

सबैभन्दा बढी गैरजीवन बीमा समूह १०२.२५ अंकले घटेको छ । गैरजीवन बीमा समूहको ५६४८.४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ करोड २३ लाख ४३ हजार ५ सय रुपैयाँको कारोबार भएको छ ।

यस्तै, जलविद्युत समूह पनि २.८३ प्रतिशतले घटेको छ । जलविद्युत समूहको १३८०.१६ कित्ता सेयर किनबेच हुँदा २ करोड ७६ लाख ६५ हजार ७ सय रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार १६० कम्पनीको १३ लाख ३७ हजार ५ सय २६ कित्ता सेयर ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपैयाँमा ४ हजार ७ सय ४५ पटक खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7