विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेयर बजारमा सामान्य सुधार

ऊर्जा खबर असोज २२, २०७५   194 सेयर


काठमाडौं– साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार १३.०१ अंकले घटेकोे नेप्से सोमबार ६.१६ अंकले बढेको छ ।
सोमबार जीवन बीमा समूहबाहेक सबै समूहको सेयर मूल्यमा सुधार आएको छ । सबैभन्दा बढी होटल समूह ४८.४३ अंकले बढेको छ ।

होटल समूहको १८५७.०१ कित्ता सेयर ४ लाख १५ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको छ । जीवन बीमा समूहको सेयर मूल्यमा भने ४.७१ अंकको गिरावट आएको नेप्सेले जनाएको छ ।

यस्तै, जलविद्युत समूहमा १ अंकको सुधार देखिएको छ । जलविद्युत समूहको १३१८.१६ कित्ता सेयर कारोबार हुँदा १ करोड २८ लाख ६८ हजार ३ सय रुपैयाँको कारोबार भएको छ ।

सोमबार १६३ कम्पनीले ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँको कारोबार गरेका छन् । १४ लाख ५१ हजार ५ सय ७२ कित्ता सेयर ४ हजार ४६ पटक किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="