Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२३ प्रसारण लाइन आयोजना निर्माण गर्दै प्राधिकरण

ऊर्जा खबर भदौ ०५, २०७६   3660

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले २३ वटा नयाँ प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले निजी क्षेत्रको विद्युत प्रवाह गर्न तथा प्रसारण प्रणाली विस्तार गर्ने गरी नयाँ लाइन निर्माण गर्न लागेको हो ।

प्रस्तावित प्रसारण लाइनमा ४ सय केभीको एउटा, २२० केभीका ३ वटा र १३२ केभीका १९ वटा रहेको प्राधिकरण प्रसारण निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अनारमनी–इनरुवा–अरुण–दुधकोसी–तिङला ४ सय केभी प्रसारण लाइन निर्माण हुनेछ । विश्व बैंकको ऋण लगानीमा निर्माण हुने यो प्रसारण लाइनको यसै वर्षबाट अध्ययन सुरु हुँदैछ । प्राधिकरणले आयोजनाको अध्ययन तथा डिजाइनको काम गर्नेछ ।

ad

यस्तै, तुम्लिङटार–सीतलपाटी, बोरङ–रातमाटे (नौबिसे) र त्रिशूली ३बी–रातमाटे २२० केभी प्रसारण लाइन पनि निर्माण हुँदैछन् । संखुवासभामा निर्माणाधीन तथा निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह हुने गरी तुम्लिङटार–सीतलपाटी प्रसारण लाइन निर्माण हुन लागेको छ । यो प्रसारण लाइन करिब ३० करोड ८० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

बोरङ–रातमाटे (नौबिसे) प्रसारण लाइन धादिङको आँखुखोला कोरिडोरमा निर्माणाधीन तथा निर्माणमा जाने तयारीका जलविद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको हो । सरकारको लगानी रहने यो प्रसारण लाइन आयोजना २०२२ मा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

त्रिशूली ३बी–रातमाटे २२० केभी प्रसारण लाइन त्रिशूली ३ बी हब सबस्टेसनमा जोडिने आयोजनाका लागि प्रसारण क्षमता बढाउने गरी यो लाइन निर्माण हुन लागेको हो । यो लाइन निर्माण हुँदा प्रसारण प्रणाली गुणस्तरीय र दिगो हुने प्राधिकरणको दाबी छ । २४ किलोमिटर लामो डबल सर्किट प्रस्तावित प्रसारण लाइनको अध्ययन पूरा भएको छ ।

विभिन्न जिल्लामा प्रस्तावि १३२ केभी क्षमताका १९ वटा प्रसारण लाइन निर्माण हुँदैछन् । बलेफी–बाह्रबिसे, कोहलपुर–सुर्खेत–दैलेख, घोराही–मदीचौर, भक्तपुर–बानेश्वर–पाटन प्रसारण लाइन आयोजना निर्माण गरिने भएको छ । ढल्केबर–लोहपट्टी, डाडाँखेत–रहुघाट, रक्स्यौल–पर्वानीपुर सेकेण्ड सर्किट, मैनाहिया–सम्पातिया, कालीगण्डकी–रीदी, अमरपुर–ढुङगेसाँगु, लालबन्दी–सलिमपुर प्रसाण लाइन आयोजना निर्माणको प्रक्रिया पनि प्राधिकरणले अघि बढाएको छ ।

प्राधिकरणले ढल्केवर–बालगंगा, भुमनी–हाकुइ, गोदक–न्यू अनारमनी, इनरुवा–धरान, कोहलपुर–नेपालगञ्ज, पाँथलैया–हर्निया, बाफीकोट–खुङग्री, गोदक–सोयाक प्रसारण लाइन आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ ।

प्राधिकरणले मोरङमा केरुङ, सिन्धुपाञ्चोकमा सुनकोसी, पोखरामा न्यू पोखरा र लमजुङमा लहमी घोराही सबस्टेसन पनि निर्माण गर्ने भएको छ । प्रसारण लाइन तथा सबस्टेसन अहिले निर्माण प्रक्रियाको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस