Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो : ढकाल

ऊर्जा खबर मङि्सर ०७, २०७५   445

बैंक



काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति रहेका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । हालै जारी श्रमसम्बन्धी दुई छुट्टा–छुट्टै कानुनका कारण यस्तो वातावरण बनेको उनले बताएका हुन् ।

श्रमिकको वर्तमान आर्थिक अवस्था विषयमा एओटिएसद्वारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा श्रम र श्रमिकको सामाजिक सुरक्षासम्बन्धी कानुनमा भएको व्यवस्थाले लगानीको वातावरण बनेको उनले बताए ।

‘देशमा उद्योगको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्नेछ,’ उनले भने, ‘श्रमसँग जोडिएका विविध समस्या हल गर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको छ ।’

यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको उनको भनाइ छ । सरकार, रोजगारदाता, श्रमिकहरू आवद्ध ट्रेड युनियन प्रतिनिधि तथा महासंघबीच छलफल र परामर्शपछि कानुन आएका हुन् । नयाँ व्यवस्थामा श्रमिकलाई दिने सेवा र सुविधामा रोजगारदाता पनि सहमत भएका यसले सकारात्मक प्रभाव पार्ने उनले दोहोर्याए ।

श्रमिकको सामाजिक सुरक्षाका लागि आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले न्यूनतम ज्यालाको नयाँ व्यवस्था कायम भएको ढकालको दाबी  छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको सुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान छ । उक्त सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="