Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ब्याजमा अनुदान दिएर जलविद्युतमा पुनर्कर्जाको अवधि बढाउनु पर्छ: महत

ऊर्जा खबर असोज ०२, २०७६   1314

खबर



काठमाडौं— नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले बैंकको ब्याजमा अनुदान दिएर जलविद्युतमा पुनर्कर्जाको अवधि बढाउनु पर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बुधबार गरेको ‘जलविद्युत आयोजनाहरुको अवस्था र लगानीमैत्री वातावरण’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘सरकारले गैर उत्पादनशिल क्षेत्रमा भइरहेको खर्च नियन्त्रण गरेर जलविद्युतमा साहुलियत दिनुपर्छ,’ उनले भने, ‘ उत्पादन अनुमतिपत्रको अवधि पूरा भएपछि निशुल्क हस्तान्तरण हुने हुँदा सुरुवातमा ब्याजदरमा दिने अनुदानले सरकारलाई घाटा हुँदैन ।’ जलविद्युत उत्पादन बढाउन ब्याजदरमा अनुदान दिएर लगानी सहज बनाउनु पर्नेमा उनले जोड दिए ।

ad

अबको ध्यान जलाशय जलविद्युत आयोजना निर्माणमा लगाउन उनले सरकारलाई सुझावसमेत दिए । ‘विद्युत प्राधिकरणले निर्माण गरेका आयोजनाको उत्पादन लागत महंगो छ । तुलना गर्दा निजीले कम लागतमा बनाइरहेको छ । नदी प्रबाही आयोजना निजी क्षेत्रलाई दिएर सरकारले ठूला जलाशय आयोजना बनाउनु पर्छ’ उनले भने ।

हाइड्रोलोजिकल समस्यालाई कारण देखाएर विद्युत उत्पादन घटेको भन्दै प्रवर्द्धकलाई हर्जना तिराउनु न्यायोचित नभएको महतले बताए । जलवायु परिवर्तनको असरले पनि आयोजनाको हाइड्रोलोजीमा फरक परेकाले प्रवर्द्धक दोषी नहुने बताए । जलविद्युत आयोजना रुग्ण हुनुमा सरकारको हस्तक्षपकारी नीति प्रमुख कारण भएको उनको आरोप छ ।

उनले प्रसारण लाइनको समस्याले पनि निजी प्रवर्द्धकलाई आर्थिक नोक्सानी भइरहेकाले यस्तो अवस्थामा विद्युत प्राधिकरणले प्रवर्द्धकलाई क्षतिपूर्ति तिर्ने नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । महतले स्वच्छ ऊर्जा उत्पादनमा नेपाललाई दक्षिण एसियाकै ‘पावर हाउस’ बनाउन सकिने सम्भावना रहेको बताए ।

‘अब दिगो र स्वच्छ ऊर्जा चाहिएको छ,’ उनले भने, ‘भारतमा ७० प्रतिशत र बंगालादेशमा ९० प्रतिशत ऊर्जा कोइला उत्पादन हुन्छ । यसले वातावरण प्रदुषणलाई बढावा दिएको छ । दुवै देशले प्रयोग गर्ने कोइला विस्थापन हुने गरी विद्युत उत्पादन गर्न गरेर निर्यात गर्न सकिने अवसर नेपालसँग छ ।’

ढिलो गरेमा भारत र बंगालादेशले अर्को विकल्प खोज्ने हुँदा अहिलेबाटै जलविद्युतमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="