body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

ऊर्जा खबर पुष २२, २०७५   176

बैंक



काठमाडौं– नेपाल रेमिटर्स एसोसिएसनले सुमन पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

ad

काठमाडौंमा सम्पन्न १३औं साधारणसभाले पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा चन्द्र टन्डन, महासचिवमा रितेश मित्तल, कोसाध्यषमा सञ्जय सिग्देल, सचिवमा इन्द्र शर्मा निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरूमा युमा श्रेष्ठ, प्रविन अधिकारी, र दीपेन्द्र खनाल चुनिएका छन् । दिवाकर थापा एसोसियसनमा निर्वतमान अध्यक्ष रहेका छन् । अध्यक्षमा निर्वाचित भएपछि पोखरेलले रेमिट्यान्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । २०६० सालमा एसोसिएसन स्थापना भएको थियो ।

नयाँ कार्यसमितिको नामावली र आवद्ध संस्था

सुमन पोखरेल  – अध्यक्ष (आइएमई लिमिटेड)

दिवाकर थापा  – निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि)

चन्द्र टण्डन   – उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि)

रितेश मित्तल  – महासचिव ( नेपाल रेमिट इ. प्रा.लि)

संजय सिग्देल  – कोषाध्यक्ष ( सुर्य रेमिट प्रा.लि)

इन्द्र शर्मा     – सचिव (आइपे रेमिट प्रा.लि )

युमा श्रेष्ठ     – सदस्य ( हिमालयन बैंक लिमिटेड)

प्रविन अधिकारी      – सदस्य ( युनाइटेड रेमिट प्रा.लि)

दीपेन्द्र खनाल – सदस्य ( इजी लिकं प्रा.लि)

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="