विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एनएमबी बैंकलाई लगातार दुई पटक ‘बैंक अफ दि इयर अवार्ड’

ऊर्जा खबर मङि्सर १६, २०७५ 562

काठमाडौं– एनएमबी बैंक लिमिटेड ‘बैंक अफ दि इयर अवार्ड–२०१८’ बाट सम्मानित भएको छ । बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने अवार्डबाट यस वर्ष एनएमबी बैंक छनोट भएको हो ।

बैंकले यसअघि सन् २०१७ का लागि पनि उक्त अवार्ड हात पारेको थियो । बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शी र व्यावसायिक निष्ठा कायम गर्दै अघि बढेका कारण बैंक निरन्तर दुई पटकसम्म अवार्ड हात पार्न सफल भएको छ ।

दुई पटकसम्म अवार्ड हात पार्न आफ्ना कर्मचारीहरूको ठूलो साथ र सहयोग रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘बैंकको योजना तथा रणनीति कार्यान्वयन गर्न कर्मचारीले उत्कृष्ट काम गरेबापत अवार्ड प्राप्त भएको छ,’ उनले भने, ‘हामी ग्राहकलाई अझ उत्कृष्ट र आधुनिक सेवा दिन तत्पर छौं ।’

आगामी दिनमा बैंकिङ सुशासन कायम गर्दै सेवा प्रदान गर्ने योजनालाई विस्तार गर्दै लैजाने केसीले बताए । ग्राहक तथा सरोकारवालाले समेत यसको प्रतिफल पाउने गरी काम गर्ने बैंकको रणनीति छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="