Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बेलायतको सिडिसी समूहबाट १ अर्ब ६९ करोड ऋण लिँदै एनएमबी बैंक

ऊर्जा खबर फागुन ०१, २०७५   1522

बैंक



काठमाडौं– एनएमबी बैंकले बेलायत सरकार मातहतको सिडिसी समूहबाट करिब १ अर्ब ६९ करोड ६३ लाख ५० हजार रुपैयाँ (१ अर्ब ५० करोड अमेरिकी डलर ) ऋण लिने भएको छ । बैंकले उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सिडिसीसँग ऋण लिन लागेको हो ।

ad

बैंक र सिडिसी समूहबीच बुधबार ऋण लिने/ दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सिडिसी प्रमुख होल्गेर रोथेनबुस्चले हस्ताक्षर गरे ।

बैंकले सिडिसीबाट लिएको ऋण पूर्वाधार विकास, कृषि, साना, लघु कर्जा, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी हुने केसीले बताए । उनका अनुसार सिडिसीबाट लिइने ऋण ३ वर्ष अवधिको हुनेछ ।

ad

वैदेशिक लगानी भित्र्याउन एनएमबी बैंकले चालेको कदम कोसेढुङ्गा सावित हुने पनि केसीले बताए । ‘वैदेशिक ऋण भित्र्याउन एक वर्षअघिबाट प्रक्रिया सुरु गरेका थियौं,’ उनले भने,‘अब एक साथामा सिडिसीले दिने ऋण रकम नेपाल आइसक्छ । हामीले सुरुवात गरेपछि अन्य बैंकका लागि पनि विदेशी ऋण ल्याउन सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’

सिडिसीले दिने ऋणबाट बैंकिङ क्षेत्रको तरतला अभावको समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । एनएमबी वैदेशिक वित्तीय संस्थाबाट ऋण ल्याउने पहिलो बैंक भएको केसीको दाबी छ ।

सिडसी प्रमुख रोथेनबुस्चले एनएमबी बैंकसँग भएको सम्झौता नेपालमा ऋण लगानी गर्ने सुरुवात भएको बताए । उनले भविश्यमा सिडिसीले अन्य बैंकमार्फत पनि ऋण लगानी गर्न चाहेको बताए ।

सिडिसी बेलायत सरकार मातहतको वित्तीय संस्था हो । सिडिसीले सव–साहारा अफ्रिका र दक्षिण एसियाली देशमा रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="