Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

फागुन ३० देखि एनएमबी बैंकको ३० लाख कित्ता ऋणपत्र निष्कासन हुँदै

ऊर्जा खबर फागुन २१, २०७५   397

बैंक



काठमाडौं– एनएमबी बैंकले आगामी फागुन ३० गतेबाट ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । हालको तरलता अभाव व्यवस्थापन गर्न बैंकले ३ अर्ब रुपैयाँ मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुल निष्कासन हुने ऋणपत्रको ४० प्रतिशत हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणबाहेकको १ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको १८ लाख कित्ता सेयर ‘प्राइभेट प्लेसमेन्ट’  गरेर बिक्री गरिने भएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्ताको ५ प्रतिशत हुन आउने (६० हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने बैंकले जनाएको छ ।

३० गतेबाट निष्कासन हुन ऋणपत्रका लागि छिटोमा चैत ४ देखि  ढिलाेमा १४ गतेसम्म आवेदन खुला गरिने बैंकले जनाएको छ । बैंकका अनुसार आवेदन कर्ताले न्युनतम २५ कित्ताका लागि आवेदन दिन पाउने छन् । ऋणपत्रको प्रतिकित्ता मूल्य १ हजार रुपैयाँ तोकिएको छ ।

१० वर्षका लागि निष्कासन हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्ने छन् । लगानीकर्ताका लागि ६/६ महिनामा व्याज भुक्तानी हुनेछ । बैंकको ऋणपत्र निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
लगानी गरेको १० वर्षपछि ऋणपपत्र परिपक्क हुनेछ । अहिले लगानी गर्ने लगानीकर्ताले २०८५ मा लगानी गरेकाे सम्पूर्ण रकम फिर्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="