Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एनएमबी बैंकको छानामा ५० किलोवाटको साेलार, साइकल किन्नेलाई सहुलियत लगानी

ऊर्जा खबर जेठ २३, २०७६   2917

बैंक



काठमाडौं– एनएमबी बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालयको छानामा ५० किलोवाटको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ । विश्व वातावरण दिवसको अवसरमा उक्त प्रणाली जडान गरिएको हो ।

उक्त प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले संयुक्तरूपमा उद्घाटन गरेका छन् । बैंकको छतमा एक महिनामा परीक्षण अवधिमा सौर्य प्रणालीबाट १० हजार युनिट विद्युत उत्पादन भएको छ ।

ad

जडित विद्युतका कारण समान अनुपातमा भारतबाट आयात हुने परिमाण विस्थापित भएको बैंकले जानकारी दिएको छ । प्रणाली स्थापनापछि बैंकको केन्द्रीय कार्यालयमा खपत हुनेमध्ये ७० प्रतिशत विद्युत यसैबाट व्यवस्थापन हुने छ । नेट मिटरिङका लागि प्रणालीबाट अनुमति लिने प्रक्रिया सुरु भएको पनि बैंकले जनाएको छ ।

यसैगरी, बैंकले अहिलेसम्म २ सय १० व्यक्तिगत तथा संस्थागत ग्राहकलाई समानरूपमा घरको छानामा राखिने सौर्य ऊर्जा प्रणालीका लागि लगानी गरेको छ । बैंकका अनुसार यसबाट उनीहरूलाई नवीकरणीय ऊर्जा स्रोतमा परिणत गर्न प्रोत्साहन मिलेको छ ।

वातावरण दिवसका अवसरमा बैंकले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकामा सय बोटबिरुवा वृक्षारोपण गरेको छ । बैकंका शाखाहरूले देशभरि नै स्थानीय निकायसँगको सहकार्यमा वृक्षारोपण गरेको जनाइएको छ ।

यसै अवसरमा बैंकले ‘एनएमबी भिजा प्लेटिनियम कार्ड’ र ‘एनएमबी भिजा क्रेडिट कार्ड’ मार्फत मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ । योजनाको उद्देश्य ग्राहकलाई यातायातका लागि साइकल चयन गर्न उत्प्रेरित गर्नु हो । जसबाट कार्बन उत्सर्जन कम गरी वातावरण संरक्षणमा मद्दत हुने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="