Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एनएमबीमा ओम विकास बैंक गाभियो

ऊर्जा खबर जेठ ०२, २०७६   493

बैंक



काठमाडौं- ओम विकास बैंक एनएमबी बैंकमा गाभिएको छ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको मान्यता प्राप्त ओम क वर्गकाे मान्यता प्राप्त एनएमबीमा गाभिएको हो ।

दुई बैंकबीच बिहीबार मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनएमबीकाे तर्फबाट सञ्चालक प्रदीपराज पाण्डे र ओमकाे तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम एनएमबी बैंक नै यथावत राखिएको छ ।

सम्झौतासँगै ओमका देशभरमा सञ्चालित ५३ शाखा र एउटा एक्सटेन्सन काउन्टर एनएमबी बैंकमा गाभिएका छन् । मर्जरपछि देशभरमा बैंक शाखाको संख्या १ सय ६३ र एक्सटेन्सन काउन्टर काउन्टरको संख्या ५ पुगेकाे छ ।

एटिएम सेवाको संख्या पनि बढेर १ सय २० पुगेकाे छ । अहिले एनएमबीका १ सय १ र ओमका १९ स्थानमा एटिएम सेवा सञ्चालित छन् ।

मर्जरपछि कुल पुँजी तथा जगेडा बढेर कोष २० अर्ब ४२ करोड रुपैयाँ पुग्ने भएकाे छ । निक्षेप र कर्जा पनि क्रमशः १ खर्ब १९ अर्ब १ खर्ब १३ अर्ब पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="