Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हापुरे–तुल्सीपुर ३३ केभी प्रसारण लाइन चार्ज, अब ‘फोर्स लोडसेडिङ’ गर्न नपर्ने

ऊर्जा खबर बैशाख ३१, २०७६   1030

खबर



तुल्सीपुर (दाङ)– लामो समयदेखि अलपत्र रहेको हापुरे–तुल्सीपुर ३३ केभी प्रसारण लाइनमा आज (मंगलबार) देखि विद्युत प्रवाह गरिएको छ । ३ वर्षअघि ठेक्का भएको प्रसारण लाइन झन्डै डेढ वर्ष ढिलो गरी सञ्चालनमा आएको हो ।

हापुरेदेखि तुल्सीपुर हुँदै रुद्राक्षसम्मको करिब ५३ किलोमिटर लाइन करिब १० करोड रुपैयाँ पूरा गरिएको छ । उक्त लाइन चार्ज भएसँगै दाङ जिल्लाको विद्युत आपूर्तिका उल्लेख्य सुधार हुने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले बताए ।

‘हापुरे–तुल्सीपुर चार्ज भएपछि तुल्सीपुर पुरानो सबस्टेसनमा लोड कम हुन्छ, यसले भोल्टेजका कारण विद्युत कटौती गर्नुपर्ने समस्या अन्त्य हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘डेढ वर्षदेखि क्षेत्रीय कार्यालय तथा मातहतका कर्मचारी खटेर लाइन चार्ज गर्न सकिएको हो ।’

दाङ औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति र भोल्टेज समस्या पनि यसबाट समाधान हुने सिंहको दाबी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन २०७५ फागुनमै दाङलाई लोडसेडिङमुक्त भनेका थिए । परिणाम भने बल्ल देखिएको छ ।

जिल्लामा गुणस्तरीय विद्युत आपूर्तिका लागि हापुर–तुल्सीपुर प्रसारण लाइन महत्त्वपूर्ण मानिएको थियो । प्रसारण लाइनको काम त्रिपुरेश्वर कन्डक्टर एन्ड जय दुर्गे इन्जिनियरिङ जेभीले पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="