विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

ऊर्जा खबर मङि्सर १८, २०७५ 200

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले मूल्य घटाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय १२ रुपैयाँ भएको छ । यसअघि एक लिटर पेट्रोलको खुद्रा मूल्य १ सय १४ रुपैयाँ थियो ।

यस्तै, डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ९९ रुपैयाँ भएको छ । डिजेल र मट्टीतेलको यसअघिको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ थियो ।

आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धन तथा खाना पकाउने एलपि ग्यासको मूल्य यथावत राखिएकोे छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य स्थिर रहेकाले अब नियमितरुपमा स्वचालित मूल्य लागु गर्ने निगमले जनाएको छ ।

पछिल्लो मूल्य समायोजनले भारतको रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर १२.३२ रुपैयाँ सस्तो छ । डिजेल र मट्टीतेल पनि एक लिटरमा १५.७१ रुपैयाँ सस्तो छ ।

नयाँ मूल्य लागुभएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ११.४४ रुपैयाँ, डिजेलमा ५.८१ रुपैयाँ नाफा छ । खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर २८४.८३ रुपैयाँ घाटा हुने निगमको दाबी छ ।

नाफा र घाटाको समिश्रण गर्दा निगमले २ सातामा ५६करोड ५८ लाख रुपैयाँ नाफा कमाउनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...