Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमले पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य फेरि घटायाे

ऊर्जा खबर पुष १८, २०७५   2111

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो ।

ad

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले  घटाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ भएको छ । यसअघि एक लिटर पेट्रोलको खुद्रा मूल्य १ सय १० रुपैयाँ थियो ।  डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ भएको छ । डिजेल र मट्टीतेलको यसअघिको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९७ रुपैयाँ थियो ।

ad

चारअाली, विराटनगर महेन्द्रनगर (धनुषा) , वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, पाेखरा ,दाङ डिपाेकाे १५ किलाेमिटर क्षेत्रभित्र लागु हुने खुद्रा मूल्य प्रट्राेल प्रतिलिटर १०६.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३.५० रुपैयाँ ताेकिएकाे छ । यसअघि यी क्षेत्रमा प्रेट्राेलकाे मूल्य प्रतिलिटर १०७.५० रुपैयाँ र डजेल तथा मट्टीतेलकाे मूल्य प्रतिलिटर ९४.५० रुपैयाँ थियाे ।

आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धन तथा खाना पकाउने एलपि ग्यासको मूल्य यथावत राखिएकोे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले अब नियमितरुपमा स्वचालित मूल्य लागु गर्ने निगमले जनाएको छ ।

पछिल्लो मूल्य समायोजनले भारतको रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर १०.४१ रुपैयाँ सस्तो छ । डिजेल र मट्टीतेल पनि लिटरमा १२.३८ रुपैयाँ सस्तो हुनेछ । खाना पकाउने एलपि ग्यास र हवार्इ इन्धनकाे मूल्य यथावत राखिएकाे छ ।

पछिल्ला केही महिना अन्तर्राष्ट्रिय बजारमा प्रट्राेलियम पदार्थकाे मूल्य अाकाशिँदा निकमकाे घाटा बढेकाे थियाे ।  अझै २ अर्ब ३७ कराेड घाटा रहेकाे निगमकाे दाबी छ ।

नयाँ मूल्य लागुभएपछि निगमलाई पेट्रोल, डिजेल र मट्टीतेल तथा हवार्इ इन्धनमा नाफा छ ।  खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर ८०.६९ रुपैयाँ घाटा हुने निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="