Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढ्यो

ऊर्जा खबर पुष १७, २०७६   1074

पेट्रोलियम



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँले बढाएको छ ।  निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी नयाँ मूल्य  समायोजन गरेको हो ।

बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएका निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत रहेकोे छ ।

समायोजन गरिएको मूल्य अनुसार निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा प्रतिलिटर १ सय ११ रुपैयाँ, पोखरा, दाङमा ११०.५० रुपैयाँ र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा १०९.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा प्रतिलिटर एक सय रुपैयाँ, पोखरा, दाङमा ९९.५० रुपैयाँ र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी) मा ९८.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

मूल्य समायोजनपश्चात नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य भारतभन्दा प्रतिलिटर १८.६७ रुपैयाँ र डिजेलको खुद्रा बिक्री मूल्य १८.२७ रुपैयाँ सस्तो भएकाे निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="