Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमको चुक्ता पुँजी ११ अर्ब पुर्याइने

ऊर्जा खबर पुष २६, २०७५   1113

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पुर्याउने भएको छ । हाल २९ कराेड रहेको पुँजी चालु आर्थिक वर्षमा बढाएर ११ अर्ब रुपैयाँ पुर्याउन लागिएको हो ।

निगमको चुक्ता पुँजी ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेर हरेक वर्ष बढाउँदै लगिने निगमका नायक कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा थप ४ अर्ब पुँजी थप भई १५ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

निगमको केन्द्रीय कार्यालयसँगै प्रदेश कार्यालयको कारोबार पनि बढाउँदै लैजाने अधिकार दिइएको भट्टरार्इले जानकारी दिए । उनका अनुसार निगमका प्रदेश कार्यालयलाई ५ करोड रुपैयाँको कारोबार गर्ने अधिकार केन्द्रीय कार्यालयले दिएको छ ।

मुलुक ऊर्जामा आत्मनिर्भर हुने दिशामा अघि बढेकाले नेपाल विद्युत प्राधिकरणसँग मिलेर नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता महशुस गरिएको पनि उनले बताए । अब निगमले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन  गर्न विद्युतीय सवारीकाे प्रवर्द्धनका लागि चार्जिङ स्टेसन निर्माणमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।

पेट्रोलियम पदार्थको आयात गरेर बिक्री वितरण गर्दै आएको निगम स्थापना कालको ५० औं वर्षमा प्रवेश गरेको छ । निगमले बिहीबार ४९ औं वार्षिकोत्सव मनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="