Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलमा डेढ र डिजेल तथा मट्टितेलमा एक–एक रुपैयाँ मूल्य बढ्यो

ऊर्जा खबर बैशाख २०, २०७६   1289

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको र सोही अनुसार भारतले सूची पठाएको भन्दै बिहीबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १११.५० तथा डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यसअघि बढाएकाले यथावत राखेको छ ।

ad

पछिल्लो १०÷१५ दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्यरूपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली÷भारतीय मुद्रा अवमूल्यन भएको हुँदा मूल्य समाजोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार इन्डियन आयल कर्पोरेशनले मे १ तारिखमा नयाँ मूल्य पठाएकाले त्यही अनुसार समायोजना गरिएको हो ।

समायोजनपछि भारतको रक्सोलभन्दा वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १३.६७ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५.६४ रुपैयाँ नेपालतर्फ नै सस्तो रहेको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="