Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१८ रिफ्युलर खरिद गर्दै आयल निगम

ऊर्जा खबर फागुन १७, २०७५   1497

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले १८ वटा रिफ्युलर (हवाई इन्धन वितरण गर्ने उच्च प्रविधिको ट्रक) खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उठान भर्ने जहाजका लागि इन्धन वितरण सहज बनाउन रिफ्युलर खरिद गर्न लागेको हो ।

ad

अहिलेसम्ममा ३ वटा रिफ्युलर भारतबाट आइसकेको निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार ४ वटा निगम आफैंले खरिद गर्न ठेक्का आह्वान गरेको छ ।

निगमले खरिद गर्ने रिफ्युलर २७ हजार लिटर क्षमताका हुनेछन् । यी रिफ्युलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन वितरण गर्न (डेडिकेटेड रिफ्युलर) सञ्चालन गरिनेछ ।

ad

‘हवाई यात्रा गर्ने यात्रुको संख्या बढेसँगै इन्धनको खपत पनि बढेको छ,’उनले भने,‘इन्धन वितरण सहज बनाउन थप रिफ्युलर आवश्यक परेकाले खरिद प्रक्रिया अघि बढाएका हौं ।’  ११ वटा रिफ्युलर भारतीय आयल कर्पोरेशन (आइओसी) सँग खरिद गरिने पनि भट्टराईले जानकारी दिए ।

आफैंले प्रतिश्पर्धा आह्वान गर्दा रिफ्युलर निर्माण तथा निर्यातकर्ता कम्पनीले संख्या थोरै भयो भनेर ठेक्का प्रक्रियामा सहभागिता नजनाउने तथा गरिहाले पनि धेरै समय अलमल हुने हुँदा आइओसीसँग सोझै खरिद गर्न लागिएको निगमले जनाएको छ । निगमका अनुसार आइओसीले एकै पटक ९० वटा रिफ्युलर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="