Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमको चालु वर्षकाे नाफा ५ अर्ब पुग्ने

ऊर्जा खबर चैत २२, २०७५   1338

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले चालु वर्षमा ५ अर्ब रुपैयाँ नाफा कमाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेकाले नाफा आर्जन हुने प्रक्षेपण गरिएको हो ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाउने पेट्रोलियम पदार्थको मूल्य समायोजनमा धेरै उतार चढाव नआए मुनाफा बढ्ने निगमको ३७औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार चालु वर्षको ६ महिनासम्म घाटा व्यहोरेको निगमको नाफा बढ्न सुरु भएको छ ।

ad

आर्थिक वर्ष २०७४/७५ मा २५ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ आयात गरिएकोमा चालु वर्षमा यो परिमाणमा १५ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउन ७ वटै प्रदेशमा ९० दिनको माग धान्ने सक्ने भण्डारणगृह निर्माण गर्ने निगमको योजना छ । खाना पकाउने एलपी ग्यासको भण्डार पनि ४५ दिनलाई पुग्ने बनाइने प्रतिवेदनमा उल्लेख छ ।

निगमले सिमित स्रोत र साधनबाट सेवा विस्तार तथा सुदृढिकरण गर्दै लैजाने कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले उपभोक्तालाई सरल मूल्यमा गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउने, भण्डारण क्षमता वृद्धि गर्ने, हवाई इन्धनको सेवा क्षेत्र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको  बताए ।

पेट्रोलियम पदार्थको आयात गरेर बिक्री वितरण गर्ने निगमले वार्षिक १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । निगमकाे ३७औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस