Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयल निगमको कार्यकारी निर्देशक पदका लागि ५ जनाबीच प्रतिस्पर्धा, १९ गते अन्तर्वार्ता हुने

ऊर्जा खबर पुष १३, २०७५   2769

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि ५ जनाबीच प्रतिस्पर्धा देखिएको छ । कार्यकारी निर्देशक छनोका लागि आह्वान गरिएको खुला प्रतियोगितामा आवेदन दिने अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेलबीच प्रतिस्पर्धा  हुन लागेकाे हाे ।

ad

आवेदन दिनेमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यवसायिक कार्ययोजना र मामला अध्ययनका आधारमा उच्चम अंक प्राप्त गर्ने ५ जना अन्तर्वार्ताका चयन गरिएको छनोट तथा सिफारिस समितिले जनाएको छ । समितिका अनुसार छनोट भएकाहरुको आगामी पुस १९ गते अन्तर्वार्ता हुने भएको छ ।

अन्तर्वार्ताका लागि छनोट भएका आवेदकले व्यवसायिक कार्ययोजनासहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा उपस्थित हुन समितिले सूचित गरेको छ ।

ad

गोपाल खड्का भ्रष्टाचार मुद्दामा मुछिएर पदबाट बर्खास्त भएपछि खुला प्रतिस्पर्धाबाट नयाँ कार्यकारी निर्देशक छनोट गर्न लागिएको हो । अहिले शुशील भट्टराई निगमको निमित्त कार्यकारी निर्देशक छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="