Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमसँगको ३ बुँदे सहमतिपछि ग्यासको बिक्री वितरण सुचारु

ऊर्जा खबर फागुन २२, २०७५   1584

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमसँग भएको ३ बुँदे सहमतिपछि उद्योगीले खाना पकाउने एलपि ग्यासको बिक्री वितरण सुरु गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निगम र नेपाल एलपि ग्यास उद्योग संघबीच भएको वार्तामा सहमति जुटेपछि उद्योगीले ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरिद गरी ग्यासको बिक्री वितरण सुरु गरेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको पहलमा सम्पन्न वार्तामा भएको सहमति अनुसार उद्योगीले राखेका १० बुँदे मागका सम्बन्धमा अध्ययन गरी निगमले १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि एलपि ग्याससहित पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएका समस्याको अध्ययन गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गर्ने सहमति  गरिएको निगमले जनाएको छ ।

मन्त्रालय र निगमले सबै माग सम्बोधन हुने गरी समस्याको अध्ययन गर्ने प्रतिवद्धता जनाएपछि संघ आन्दोलन स्थगित गरेर ग्यासको बिक्री वितरण सुचारु गर्न सहमत भएको वार्तापछि जारी विज्ञप्तीमा उल्लेख छ । यसअघि संघले ग्यास उद्योगको सञ्चालन खर्च र बिक्रेता/वितरकको कमिसन बढाउनुपर्ने, नेपाली ग्यास बुलेट सञ्चालन गर्न पाउनु पर्नेलगायत १० बुँदे माग अघि सारेर आन्दोलन सुरु गरेको थियो ।

संघले गत फागुन १७ गतेदेखि ग्यासको पिडिओ खरिद गर्न छोडेको थियो । माग सम्बोधन नभए बुधबारदेखि भारतबाट ग्यास ल्याउन बन्द गर्ने, भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, ग्यास उद्योग बन्द गर्ने तथा ग्यासको बिक्री वितरणसमेत रोकेर हडताल गर्नेसम्मका कार्यक्रमको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="