Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई–दुई रुपैयाँ घट्यो

ऊर्जा खबर असार ०२, २०७६   459

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले पेट्रो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्य पठाएकाले त्यही अनुसार प्रतिलिटर कम परेको हो ।

आइतबार राती १२ बजेबाट लागू हुने गरी नयाँ मूल्य समायोजन गरिएको निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले बताए । समायोजन गरिएको मूल्यअनुसार काठमाडौं उपत्यकाभित्र पेट्रोलको प्रतिलिटर १०८ रुपैयाँ, डिजेल र मट्टितेलको ९६.५० रुपैयाँ कायम गरिएको छ ।

ad

हवाई इन्धन र एलपी ग्यासको हकमा भने खुद्रा मूल्य यथावत राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कायम पेट्रोलियम मूल्यअनुसार सन् २०१९ जुन १६ तारिखमा भारतले निगमलाई नयाँ मूल्यसूची बठाएको थियो ।

प्रतिक्रिया दिनुहोस