Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमले पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य बढायो

ऊर्जा खबर माघ २०, २०७५   592

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

ad

भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ सूचीमा मूल्य बढेर आएपछि स्थानीय बजारमा पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ । यसअघिको खुद्रा मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ थियो ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको यसअघिको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएकाे निगमले जनाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा ३२.६८ रुपैयाँ घाटा छ ।

ad

पछिल्लो मूल्य समायोजनले दुई सातामा १ अर्ब १६ करोड रुपैयाँ निगमलाई नाफा हुनेछ । पुस दोस्रो सातासम्म मूल्य घटाएर पठाएको आइओसीले पुनः मूल्य बढाएर पठाएपछि स्वचालित मूल्य लागु गरिएको गोइतले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="