Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रदेश-१ काे पेट्राेलियम खपत दैनिक १६ सय किलोलिटर

ऊर्जा खबर माघ ०२, २०७६   1219

पेट्रोलियम



काठमाडौं । नेपाल आयल निगमको विराटनगर प्रादेशिक कार्यालयअन्तर्गत दैनिक १६ सय किलोलिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको छ । कार्यालय मातहतका १२ जिल्लामा उक्त परिमाणको पेट्रोलियम पदार्थ खपत हुने गरेको हो ।

यी जिल्लामा सबैभन्दा बढी डिजेलको खपत हुने गरेको कार्यालय प्रमुख असोक साहले बताए । उनका अनुसार अहिले दैनिक करिब ८ सय देखि १२ सय किलोलिटर डिजेल खपत भइरहेको छ ।

‘सार्वजनिक तथा निजी गाडीको संख्या बढ्दै गएकाले डिजेलको खपत बढी छ,’ उनले भने, ‘पेट्रोल खपत दोस्रो नम्बरमा छ ।’ उनले अहिले दैनिक ३ सयदेखि ३ सय ५० किलोलिटर हाराहारीमा पेट्रोलको बिक्री वितरण हुने गरेको बताए ।

मट्टीतेलको खपत भने क्रमशः घटेको छ । अहिले दैनिक २० देखि ४० किलोलिटर हाराहारीमा मट्टीतेल खपत भइरहेको कार्यालयले जनाएको छ । कार्यालयअन्तर्गत २ सय २१ बिक्री केन्द्रबाट पट्रोलियम पदार्थको बिक्री वितरण हुने गरेको छ ।

झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, लोलुखुम्बु, उदयपुर, खोटाङ तथा प्रदेश–२ कार्यालयअन्तर्गत सिराहा, सप्तरी गरी १२ जिल्लामा प्रादेशिक कार्यालयमातहतमा पेट्रोलियम पदार्थको बिक्री हुन्छ । झापामा प्रादेशिकको शाखा कार्यालय छ । शाखा कार्यालयले ताप्लेजुङ, पाँचथर, इलाम जिल्लामा पेट्रोलियम पदार्थ पुर्याउने गरेको छ ।

कार्यालयको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ९ हजार ८ सय ४० किलोलिटर छ । भण्डारण ट्यांकको संख्या, ३ सय ५० छ । भविश्यमा भण्डारण क्षमता विस्तार गर्न डिजेलको स्टोरेज ट्यांकको संख्या थप्ने कार्यालयको योजना छ ।

मट्टीतेलको माग क्रमशः घटिरहेकाले २ वटा ट्यांकलाई चालू वर्षभित्र पेट्रोल स्टोर ट्यांक बनाउने कार्यालयको तयारी छ । यस्तै, डिपोको अटोमेसन गर्ने, हवाई इन्धन डिपोको विस्तार गर्ने कार्यालयको योजना छ ।

कार्यालयअन्तर्गतका निगमका डिपोका लागि विभिन्न नाकाबाट १ सय ५३ जना ढुवानीकर्ताले पेट्रोलियम पदार्थ आयात गर्ने गर्दछन् । पेट्राेलियम पदार्थ ढुवानी गर्ने ट्यांकर साढे ३ सय वटा छन् ।

खाना पकाउने ग्यासको बिक्री वितरण गर्न १० वटा ग्यास उद्योग सञ्चालनमा रहेको साहले जानकारी दिए । यी मध्ये आधा उद्योग झापामा छन् । मुलुकमा संघीय प्रणाली लागु भएपछि निगमले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । यसअघिका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालय बनाइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="