Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

ऊर्जा खबर भदौ २४, २०७६   870

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य २ रुपैयाँले घटाएको छ । निगमले आज (मंगलबार) दिउसो १२ बजेदेखि लागु हुने गरी मूल्य निर्धारण गरेको हो ।

मंगलबार भएको पेट्रोलियम पाइपलाइन उदघाटन पछि उपभोक्तालाई राहत दिन अन्तराष्ट्रिय बजार मूल्य, पाइपलाईनबाट ढुवानी हुदाँ हुने बचत र मुद्रा विनिमय दरको उतारचढावलाई मनन गर्दे मूल्य घटाएको निगमले जनाएको छ । निगमका अनुसार अबको नयाँ मूल्य प्रतिलिटर पेट्रोल १ सय ७ रुपैयाँ र डिजेल/मट्टितेल ९५ रुपैयाँ कायम भएको छ ।

ad

यस्तै, चारआलि(झापा), विराटनगर, मदेन्द्रनगर (धनुषा), विरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा प्रतिलिटर पेट्रोल १०५.५० रुपैयाँ र डिजेल/मट्टितेल ९३.५० रुपैयाँ कायम भएको छ । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोल १०६.५० रुपैयाँ र डिजेल/मट्टितेल ९४.५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="