Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

ऊर्जा खबर जेठ ०३, २०७६   2185

पेट्रोलियम



काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमशः दुई र एक–एक रुपैयाँ घटाएको छ । आज (शुक्रबार) राती १२ बजेदेखि लागू हुने गरी मूल्य परिवर्तन गरिएको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १०९.५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धन र एलपिजी ग्यासको मूल्य भने यथावत नै कायम गरेको जनाएको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) ले जेठ २ गते (१६ मे सन् २०१९) पेट्रोलियमको मूल्य हेरेफेर गरी पठाएकाले त्यही अनुसार समायोजन गरिएको निगम प्रवक्तन वीरेन्द्र गोइतले बताए । ‘समायोजनपछि भारतको रक्सोलभन्दा वीरगन्जतर्फको सीमा मूल्य पेट्रोलमा प्रतिलिटर १५.६७ रुपैयाँ र डिजेलमा प्रतिलिटर १६.६४ रुपैयाँ नेपालतर्फ नै सस्तो छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="