विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयल निगमको मासिक घाटा १ अर्ब २९ कराेड पुग्याे, पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने

ऊर्जा खबर असोज १५, २०७५ 3742

काठमाडौं-  नेपाल आयल निगमको मासिक घाटा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमको घाटा पनि उकालाे लागेकाे हो ।

आइओसीले साेमबार बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ५.४५ रुपैयाँ घाटा भएको निगमका निमित्त कार्यकारी निदैशक शुशिल भट्टराइले बताए । उनका अनुसार डिजेलमा प्रतिलिटर ४.४३ रुपैयाँ घाटा हुने भएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा ४०४.७३ रूपैयाँ घाटा हुने भएकाे छ । मट्टीतेल र हवाइ इन्धनमा केही नाफा छ । पेट्राेल, डिजेल र ग्यासमा हुने घाटाले १५ दिनकाे अवधिमा ६४ कराेड ५७ लाख रुपैयाँ बराबरकाे भार थपिने भट्टराइले जानकारी दिए ।

भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदासमेत सीमा नाका रक्सौलमा भन्दा नेपालमा पेट्रोल र डिजेलमा प्रतिलिटर ३१.७५ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ । डिजेल पनि ३०.१६ रुपैयाँ सस्ताे छ ।

अहिलेको मौजुदा मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १ सय १ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिलिसिन्डर ग्यासको मूल्य १४ सय रुपैयाँ छ

अन्तराष्ट्रिय बजारमा पेट्राेलियम पदार्थमा भएकाे मूल्य वृद्धिका कारण अाइअाेसीले बढाएर पठाएकाले  निगमले पनि घाटा न्युनिकरण गर्न स्वचालित प्रणालीका अाधारमा मूल्य समायाेजन गर्न सक्ने सम्भावना देखिएकाे छ । निगमले पछिल्लाे पटक २ साता अघि पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य बढाएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="