Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘सानो–सानो रकम समेटेर जलविद्युतमा अर्बौं लगानी ल्याउन सक्छौं’

असोज २, २०७६   2325 लेख


कुल आचार्य

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको मूल नारा हो । मौलिक दृष्टिकोण र ठोस् प्रतिबद्धताका साथ संस्थालाई अगाडि बढाउन दूरदर्शी नेतृत्व आवश्यक देखिन्छ । यही नेतृत्वको पहलमा विश्वभर फैलिएका नेपालीसँगको स्रोत, सीप, क्षमता र प्रविधि नेपालको आर्थिक उन्नतीका लागि भित्र्याउनु अबको आवश्यकता हो ।

पछिल्ला वर्षमा सम्पत्ति बेचेर बाहिर आउने परम्परा सुरु भएकाले यसलाई रोक्न जरुरी छ । अब बेचेर होइन विदेशमा कमाएको सम्पत्ति भित्र्याउनुपर्ने छ । एनआरएनको लगानी बाहेक एनआरएनएका सदस्यको सम्पर्क र सम्बन्धलाई उपयोग गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।

ad

बढीभन्दा बढी मुलुकसँग पद्वपक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति गर्नुपर्ने समय आएको छ । साथै, दोहोरो करमुक्ति सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य पनि समयको माग भइसक्यो । सन् २०१९ को मार्चमा काठमाडौंमा भएको लगानी सम्मेलनका क्रममा एनआरएनए र सरकारबीच १० अर्ब रुपैयाँको ‘गैरआवासीय नेपाली लगानी कोष’ स्थापना गर्ने सहमति भइसकेको छ । अब यसको कार्यान्वयन अगाडि बढाउनुपर्नेछ ।

नेपाली विदेशिन नपरोस् । गैरआवासीय कोषमा सरकारले पनि केही प्रतिशत राखिदेओस् । संसारभर रहेका नेपालीले सानो रकम पनि यसमा लगानी गर्न सकून् । यो कम्पनी यस्तो हास् जसले हरेक नेपालीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिलोस् । रेमिट्यान्समा आधारित अर्थतन्त्र उत्पादनशील अर्थतन्त्रमा परिणत होस् ।

मैले अध्यक्षमा उमेदवारी दिइरहँदा समृद्ध नेपालका लागि मेरा केही प्रतिबद्धताहरू छन् । जसलाई संक्षिप्तमा तल उल्लेख गर्न चाहन्छु ।

१. आगामी दुई वर्षभित्र वैदेशिक राहत कोषलाई दोब्बर बनाउने ।

२. वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको समस्या बुझ्न र समस्या समाधान गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने ।

३. एनआरएन सीप विकास केन्द्र स्थापनाको पहल गर्ने ।

४. विदेशमा काम गरेर फर्केका नेपालीहरूको सञ्जाल बनाई उनीहरूसँग रहेको सीप, स्रोत र ज्ञान देश विकासमा लगाउन पहल गर्ने ।

५. नेपालमा लगानी : उन्नतिको बिहानी–गैरआवासीय नेपाली लगानीकर्ताहरू बाहेक एनआरएनएका सदस्यहरूको सम्पर्क र सम्बन्ध प्रयोग गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने ।

६. बढीभन्दा मुलुकसँग द्विपक्षीय लगानी तथा परियोजना सहमति (बिप्पा) एवं दोहोरो करमुक्ति सम्झौता कार्यान्वयनमा सरकारसँग सहकार्य गर्दै ‘आर्थिक कुटनीति समिति’ बनाउन परराष्ट्र मन्त्रालयसँग आग्रह गर्ने ।

ऊर्जा तथा जलविद्युत

अहिलेसम्म एनआरएनले जलविद्युतमा लगानी गरिरहेकै छन् । अब छिटो छरितो हुने गरी आयोजना लिनुपर्ने अवस्था छ । भविष्यमा नेपालमा स्थापित संस्था वा कम्पनीसँग सहकार्य गरेर फरक ढंगले जलविद्युतमा लगानी गर्ने भन्ने सोच छ । यसरी जान सकियो भने अलि ठूलै लगानी पनि गर्न सकिन्छ ।

ऊर्जा क्षेत्रमा एनआरएन साथीहरूले लगाएको लगानीमा छिटो मुनाफा हुने गरी योजना बनाउन सकियो भने लगानीलाई आकर्षित गर्छ । हामीले पनि काम गर्न सजिलो हुन्छ । म पनि ५–७ वटा आयोजनामा जोडिएको छु । पछिल्लो १०–१२ वर्षको अनुभव हेर्दा निर्माण अवधि केही बढी हुँदै गएको छ । तोकिएको समयमै कसरी पूरा गर्ने भन्नेमा जोड दिनुपर्छ ।

ठूला आयोजना लिइरहँदा एनआरएनले सहकार्यमा मात्र लगानी गर्न सक्छन् वा आफैंले अग्रसरता लिएर काम गर्न सक्छन् भन्नेमा छलफल भइरहेको छ । आयोजना छनोट गर्दा पर्याप्त अध्ययन र विश्लेषण गर्न सके लागतभित्रै र तोकिएको समयमै पूरा गर्न सकिन्छ । यसो हुँदा ऊर्जा तथा जलविद्युतमा लगानी गर्न प्रोत्साहन हुन्छ ।

अहिलेको नेपाली डायस्पोराले ठूलो आयोजना ताक्नेभन्दा सानो–सानो र संख्यामा बढी लगानी ल्याउन सक्छ । यसो हुँदा लगानीको आकार पनि ठूलो हुन्छ । यसका लागि नेपाली डायस्पोरा तयार छ । हिजो नेपालमा लगानी गर्नेभन्दा हजार जनाको संलग्नता थियो भने आज यो संख्या निकै ठूलो भइसकेको छ ।

राम्रो आयोजना निर्माण गरेर मुनाफा दिन सकिने भयो भने अर्बौं रुपैयाँ लगानी गर्न हामीलाई कुनै समस्या हुँदैन । तर, लिएको आयोजना सकिने समय र त्यसले दिने प्रतिफल तथा आम्दानी खाका प्रस्ट हुनुपर्छ । एनआरएन इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी मार्फत पनि लगानी भइरहेको छ । पूर्वाधारमा लगानी गर्ने उद्देश्यले १० अर्बको ‘लगानी कोष’ पनि स्थापना गरिएको छ ।

कोष पारदर्शी होस् । र, बाहिर बस्ने नेपालीहरूको अपनत्व हुने गरी दरिलो बनाउँदै लैजानुपर्छ । यसमा सरकारको पनि केही स्वामित्व रहनुपर्छ । यसो हुँदा संसारभरिका नेपालीको विश्वास हुन्छ । कोषमार्फत जलविद्युत मात्र नभनी अरू क्षेत्रमा पनि लगानी गर्नुपर्छ । अर्कोतर्फ, हाम्रो कम्पनीमा सफल नेतृत्व हुनुपर्छ । एनआरएन साथीहरू भन्दा कम्पनीले सबैलाई समेट्न सक्नुपर्छ । सोझै आइपिओमा जाने गरी फराकिलो बनाउन सकियो भने बढी प्रभावकारी हुन्छ । यसमा काम पनि भइरहेको छ ।

बेलायत निवासी चार्य, एनआरएनए उपाध्यक्ष हुन् । उनी ज हुने चुनावमा अध्यक्षका दाबेदार हुन् ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="