Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमको सेवामा छुटै छुट

ऊर्जा खबर माघ २२, २०७५   744

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विभिन्न सेवामा छुट अफर प्रदान गरेको छ । टेलिकमले १५औं वार्षिकोत्सवको अवसरमा भ्वाइस कल र इन्टरनेट डाटामा छुट अफर दिएको हो ।

टेलिकमको मोबाइल एप्स डाउनलोड तथा विवरण दर्ता गर्न १ सय एमबी टाडा निशुल्क दिने भएको छ । यो छुट अफर मंगलबारबाट लागु भई आगामी फागुन २२ गतेसम्म लागु हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । उनले जिएसएम पोष्ट पेड ग्राहकका लागि ९ सय रुपैयाँको प्याकेजमा ३.३ जिबी (अलटाइम) डाटा र ५ सय रुपैयाँ बराबरको फ्री रिसोर्स उपलब्ध गराइने पनि बताए ।

ad

यस्तै, भोलि (बुधबार) देखि फागुन ८ गतेभित्र लागु हुने गरी जिएसएम पोष्ट पेड माेबाइलकाे सिम लिने नयाँ ग्राहकलाई ३ महिनासम्मका लागि प्रतिमहिना १ जिबीको दरले निशुल्क डाटा र १ सय मिनेटको बोनस कल दिइने भएको छ । पर्यटकका लागि पनि ५ सय रुपैयाँमा ५ जिबी डाटा, टेलिकमको नेटवर्कभित्र ५० मिनेटको कल र ५० वटा एसएमएसको सेवा दिइने अधिकारीले जानकारी दिए । यसमा एक सय रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कल पनि समावेश छ ।

मंगलबारबाटै लागु हुने गरी ९० दिन अवधिको छिमेकी चिनका लागि टेलिफोनमा दैनिक, साप्ताहिक, र मासिक प्याकेज टेलिकमले उपलब्ध गराएको छ । ३५ रुपैयाँ शुल्कमा १० मिनेट, १ सय ५० रुपैयाँमा ४५ मिनेट र ५ सय रुपैयाँमा १ सय ६५ मिनेटको टक टाइम अफर दिईएको छ ।

टेलिकमको टेलिफोन सेवा लिने ग्राहकलाई बाँकी बक्यौता बुझाउन पनि अफर दिइएको छ । २०७४ असारसम्मको बाँकी बक्यौता रहेका ग्राहकले २०७६ असार मसान्तभित्र बुझाएमा सम्पूर्ण जरिवाना गरिने टेलिकमले जनाएको छ ।

दृष्टि विहिनले प्रयोग गर्ने जिएसएम तथा सिडिएमए मोबाइल सेवामा ५० रुपैयाँ, १ सय रुपैयाँ र ३ सय रुपैयाँको डाटा प्याकेज खरिदमा सत प्रतिशत तथा २ सय रुपैयाँको भ्वाइस कलमा ५० प्रतिशत बोनस उपलब्ध गराइनेछ । यो योजना ३ महिना अविधिको हुनेछ ।

टेलिकमले मंगलबारदेखि नै लागु हुने गरी विदेशी अपरेटरको नेटवर्कमा प्रिपेड मोबाइलका ग्राहकलाई पनि रोमिङ सेवा प्रदान गरिने भएको छ । अब प्रिपेड मोबाइलका ग्राहकले विदेशी अपरेटरको नेटवर्कमा आफ्नो मोबाइलमा भएको व्यालेन्सका आधारमा आउट बाउन्ड रोमिङ सेवा पाउने छन् ।

टेलिकमले मंगलबार १५औं वार्षिकोत्सव मनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="