Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन सुरु, २ वर्षमा सम्पन्न गर्ने लक्ष्य

ऊर्जा खबर जेठ ०७, २०७६   567

आइ सि टी



काठमाडौं- नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) को निर्माण सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेर सूचना महामार्ग निर्माणको शुभारम्भ गरेका हुन् ।

टेलिकमले देशभरको मोबाइल, ल्याण्डलाइन टेलिफोन, इन्टरनेटलगायत सेवाको गुणस्तर सुधार गर्न सूचना महामार्गको निर्माण सुरु गरेको हो । मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर ओछ्याउने कामको जिम्मेवारी नेपाल दुरसञ्चार प्राधिकरणले टेलिकमलाई दिएको छ ।

ad

अप्टिकल फाइबर ओछ्याउन ५ वटा कम्पनीसँग सम्झौता भइसकेको टेलिकमले जनाएको छ । सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटर रुटमा दक्षिण कोरियाको एलएस केबुल्सले अप्टिकल फाइबर बिछ्याउने छ ।
प्र

देश २ मा पर्ने १ हजार २८ किलोमिटर रुटमा आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चरमा अप्टिकल फाइबल बिछ्याउने काम सम्पन्न हुने टेलिकमले जनाएको छ । प्रदेश ३ को ५ सय ५५ किलोमिटर रुटको काम सम्पन्न गर्न हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)सँग सम्झौता भएको छ ।

डिडब्ल्यु उपकरण आयातका लागिसमेत यही कम्पनीसँग टेलिकमले सम्झौता गरेको छ । राउटर उपकरणका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्स छनोट भएको छ । सम्झौता अनुसार अबको २ वर्षमा अप्टिकल फाइबर नेटवर्क निर्माणको काम सम्पन्न हुनेछ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटरमा अप्टिकल नेटवर्क जोड्ने टेलिकमको योजना छ । लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने छ ।

लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुनेछन् । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस