Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमको टेलिफोन सेवा लिने ग्राहक २ करोड १० लाख नाघे

ऊर्जा खबर माघ २२, २०७५   1522

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमको टेलिफोन सेवा उपयोग गर्ने ग्राहकको संख्या २ करोड १० लाख ९८ हजार पुगेको छ । टेलिकमले स्थापना कालको १५ वर्ष अवधिमा ग्राहकको संख्या बढाएर २ करोड बढी पुर्याएको हो । यो टेलिकमको ल्याण्ड लाइन र मोबाइलबाट टेलिफोन सेवा लिने ग्राहकको संख्या हो ।

चालु वर्षको ५ महिना (मंसिर) मा मात्रै टेलिफोन सेवा लिने ११ लाख १८ हजार नयाँ ग्राहक थपिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीले बताए । उनका अनुसार ग्राहकको संख्या बढेसँगै टेलिघनत्व पनि ७२.५० प्रतिशत पुगेको छ । गत आव २०७४/७५ यो सेवा लिने ग्राहकको संख्या १ करोड ९९ लाख ८० हजार थियो । ४ लाख २२ हजार ग्राहकबाट सुरु भएको सेवा ७ प्रदेशका ७७ वटै जिल्लामा पुगेको पनि उनले बताए ।

ad

टेलिकमको इन्टरनेट डाटा लिनेको संख्या बढेर १ करोड २० लाख ४ हजार पुगेको छ । ‘५ महिनामा मोबाइल डाटाको उपयोग ६० प्रतिशतले बढेका छन्,’ उनले भने,‘ मोबाइल डाटाको गुणस्तर सुधार भएपछि यो सेवा लिनेको संख्या अझै बढ्ने अपेक्षा लिएका छौं ।’

चालु वर्षको ५ महिनामा ११ लाख १५ हजार नयाँ ग्राहक थपिएको उनले जानकारी दिए । डाटा घनत्व ४१.२५ प्रतिशत पुगेको छ ।

टेलिकमको प्रवर्द्धक नेपाल दुरसंचार कम्पनीले मंगलबार स्थापना कालको १५औं वार्षिकोत्सव मनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="