Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

उच्च हिमाली क्षेत्रमा निर्माण हुने ५७.५ मेगावाटकाे नुप्चे–लिखुमा ७ बैंकको ८ अर्ब लगानी

ऊर्जा खबर श्रावण ०३, २०७६   2401

जलविद्युत



काठमाडौं– रामेछापको उच्च हिमाली क्षेत्र अर्थात् ३ हजार ३ सय ३८ मिटर उचाईमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । असार ३१ गते माछापुछ्रे बैंककाे अगुवाइमा लगानीकाे टुंगाे लागेकाे हाे ।

ad

भिजन इनर्जी एन्ड पावर लिमिटेडले निर्माण गर्ने आयोजनामा ७ बैंकले झन्डै ८ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ । माछापुछ्रे बैंकको अगुवाईमा हिमालयन, एनसिसी, कृषि विकास, कुमारी, सिटिजन्स इन्टरनेशनल र कामना विकास बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनामा राष्ट्रिय वाणिज्य बैंक पनि सहभागी हुने कम्पनीले जनाएको छ ।

१० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण (७ अर्ब ९२ करोड ७५ लाख) र २७ प्रतिशत स्वपुँजी (२ अर्ब ६४ करोड २५ लाख) लगानी हुनेछ । करिब हजार मिटर हेड (उचाई) रहेको आयोजनाबाट वार्षिक ३ सय ८१ गिगावाट घन्टा (३८ करोड १० लाख युनिट) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको बाँधसम्म पुग्न निर्माण गर्नुपर्ने सडकमध्ये १० किलोमिटर पूरा भएको कम्पनीका अध्यक्ष टिएन आचार्यले बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले आवास निर्माण तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पुनरावलोकन भइरहेको छ ।’ उनका अनुसार स्वपुँजी टुंगो पनि लागिसकेको छ ।

हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटमा आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । आयोजनामा उच्च धरानीय, उद्योगपति, व्यवसायी, लेखापरीक्षक, शिक्षाविद् लगायतको संलग्नता छ । हिउँ पग्लेर बगेको पानी नै नुप्चे र लिखु खोलाको मुख्य बहाबको स्रोत हो ।

लिखु र नुप्चे खोलाको पानी एकै ठाउँमा मिसाएर आयोजना निर्माण गर्ने गरी अध्ययन गरिएको छ । नुप्चे खोलातर्फ १ हजार ६ सय ७३ मिटर र लिखुतर्फ १ हजार ४ सय २४ मिटर सुरुङ निर्माण गरी एकै ठाउँमा पानी मिसाइन्छ । यसपछि निर्माण हुने ३ हजार २ सय ४२ मिटर लामो सुरुङबाट पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन हुनेछ ।

आयोजनास्थल नाजुक तथा जोखिमयुक्त जैविक वातावरणभन्दा बाहिर रहेको अध्ययनले देखाएको छ । यस्तै, आयोजनाको संरचनाले १५.९ हेक्टर जंगल असर पर्ने देखिन्छ । साथै, आयोजना निर्माण गर्दा ३३.९७ हेक्टर जमिन उपयोग हुने पनि अध्ययनमा उल्लेख छ ।

उत्पादित विद्युत आयोजनाको विद्युतगृहबाट २४ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी डबल सर्किट गज्र्याङ सबस्टेसनमा विद्युत जोडिनेछ । २४ किलोमिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिमेगावाट लागत १८ करोड ३८ लाख रुपैयाँ अनुमान गरिएको आयोजनाबाट २०८० भदौ २ गते विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीका अनुसार विद्युत उत्पादन भएपछि ८ वर्षसम्म आयोजनाबाट वार्षिक २ अर्ब ६० करोड रुपैयाँ आम्दानी हुनेछ । यस्तै, ८ वर्षपछि आयोजना अवधिभर वार्षिक २ अर्ब ९५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

आयोजनाको सम्भाव्यता, वातावरणीय तथा सामाजिक पक्षको अध्ययन सकिएको छ । निकट भविष्यमै वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने कम्पनीको योजना छ । अहिले आयोजनाको उत्पादन अनुमातिपत्र लिने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="