Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

न्यादीकाे ७० प्रतिशत निर्माण सकियाे, ७ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य

ऊर्जा खबर भदौ २६, २०७६   2823

जलविद्युत



काठमाडौं- लमजुङमा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजना ७० प्रतिशत पूरा भएको छ । २०७३ चैत्रबाट निर्माण सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध क्षेत्रको जग खन्ने काम पूरा भएको न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार ३.८४ किलोमिटर लामो मूख्य सुरुङको ढलानको काम ७५ प्रतिशत सकिएको छ ।

ad

यस्तै, विद्युतगृहको सिभिल संरचना निर्माणकाे काम पनि सकिएकाे छ । अब विद्युतगृहमा इलेक्ट्राेमेकानिकल उपकरण जडानकाे काम सुरु हुन लागेकाे अमात्यले बताए ।

जडान हुने उपकरण भन्सार नाकामा आइपुगेको छ । विद्युतगृहमा उपकरण जडानको काम मंसिरभित्र पूरा गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनीले निर्माण गरिरहेको आयोजनाबाट अबकाे ७ महिनामा आगामी चैतदेखि विद्युत उत्पादन गर्ने तालिका छ । आयाेजना सम्पन्न भइ सञ्चालनमा आउँदा वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत वैकल्पिकरूपमा १३२ केभी भुलभुले–मर्स्याङदी प्रसारण लाइनमार्फत प्रणालीमा जाेडिने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाले विद्युत उत्पादन सुरु गर्ने अवधिमा २२० केभी मर्स्याङ्दी कोरिडोरकाे खुदी सबस्टेसनकाे काम सम्पन्न गर्ने अवस्था नरहेकाले वैकल्पिक लाइनमा जाेडिने कम्पनीले जनाएकाे छ ।

आयोजना सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस