Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले ढिलो गरेपछि न्यादीको विद्युत भुलभुले–मर्स्याङ्दीमा ट्यापिङ गरिने

ऊर्जा खबर भदौ २५, २०७६   1864

खबर



काठमाडौं – नेपाल विद्युत प्राधिकरणले खुदी सबस्टेसन निर्माणमा ढिलाई गरेपछि न्यादी जलविद्युत आयोजनाको विद्युत भुलभुले–मर्स्याङदी प्रसारण लाइनमा जोडिने भएको छ । प्रस्तावित सबस्टेसन निर्माणमा ढिलाई भएपछि ३० मेगावाटको विद्युत वैकल्पिक ठाउँ भुलभुले–मर्स्याङदीमा ट्यापिङ गरिने भएकाे हाे ।

आयोजनाबाट उत्पादित विद्युत प्रस्तावित सबस्टेसनबाट ३ किलोमिटर दूरीमा रहेको भुलभुले–मर्स्याङदी प्रसारण लाइनमा जोडिने न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य बताए । उनका अनुसार यसअघि ६ किलोमिटर लामो १३२ केभी सिगंल सर्किट प्रसारण लाइनमार्फत ल्याइएकाे विद्युत खुदीमा जोड्ने प्रस्ताव थियो ।

ad

कम्पनीका अनुसार प्रसारण लाइन विस्तार गर्दा ११ वटा स्टिल टावर थप गरी २६ वटा निर्माण गरिनेछ । साथै, प्रसारण लाइन डबल सर्किट हुनेछ । प्रसारण लाइन विस्तार गर्दा सरोकारवालामा पर्ने सक्ने असरबारे कम्पनीले राय/सुझाव माग गरेको छ । सरोकारवालाले आफ्नो राय/सुझाव वा प्रतिक्रिया आगामी असोज ९ गते हुने सुनुवाइमा दिनुपर्ने उल्लेख छ । मर्स्याङ्दी गाउँपालिका वडा.न ३, बुद्वबजारमा सुनुवाई हुने कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत जोडिने ६ किलोमिटर दूरीमा सिंगल सर्किट प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन जनसंख्या तथा वातावरण मन्त्रायलले २०७३ चैत्र १७ गते स्वीकृत गरेको थियो । अहिले ६ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम भइरहेकाे अमात्यले बताए । प्रसारणलाइनको १५ वटा टावर मध्ये ६ वटा टावरको जग खन्ने काम पूरा भएको छ । कम्पनीको निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट आगामी चैत्रभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="