Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्ने

असोज ०८, २०७५   2323

अन्तर्राष्ट्रिय



काठमाडौं– अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्ने प्रक्षेपण गरिएको छ । अमेरिकाले इरानमाथि लगाएको पछिल्लो प्रतिबन्धका कारण बजारमा तेलको अभाव भई सन् २०१९ को सुरुमा मूल्य बढेर सय डलर पुग्ने प्रक्षेपण गरिएको हो ।

ad

कामोडिटी मर्चेन्ट मर्कुरिया इनर्जी ट्रेडिङका अध्यक्ष डेनियल जैगीले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको माग प्रतिदिन २० लाख ब्यारेल पुग्दा मूल्य पनि उच्च विन्दुमा पुग्ने बताए । सिंगापुरमा आयोजित एशिया प्यासिफिक पेट्रोलियम सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष बेन लुकोकले २०१८ को क्रिसमसमा प्रतिब्यारेल ९० डलर पुग्ने बताए । क्रिसमसपछि २०१९ काे सुरुबाट मूल्य बढेर सय डलर नाघ्ने उनले बताए ।

ad

बाराक अाेबामा कार्यकालमा परमाणु हतियार नबनाउने सर्तमा फुकाइएकाे इरानमाथिकाे प्रतिबन्ध डाेनाल्ड ट्रम्प प्रशासनले पुनः लगाएकाे छ । चालु वर्षकाे चाैथाे त्रेमासिकबाट इरानमाथि अमेरिकी प्रतिबन्ध लागेकाे अन्तराष्ट्रिय सञ्चार एजेन्सी राेयटसर्ले जनाएकाे छ ।

अहिले इरानको तेल अन्तराष्ट्रिय बजारमा आउन प्रतिबन्ध लागेपछि कच्चा तेलको मूल्य दैनिक बढिरहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा पनि परिरहेको छ ।

रोयटर्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="