Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एकल विन्दु सेवा केन्द्र आजदेखि शुभारम्भ, मन्त्री यादवले उद्घाटन गरे

ऊर्जा खबर जेठ ०१, २०७६   1123

खबर



काठमाडौं– विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयबाट दिने सेवा एउटै ठाउँबाट प्रवाह हुने गरी सरकारले आज (बुधबार) देखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले उद्योग विभाग परिसरमा यसको उद्घाटन गरेका हुन् । अर्को व्यवस्था नभएसम्मका लागि केन्द्रको कार्यालय विभाग परिसरमै राखिएको छ ।

१६ करोड २५ लाख रुपैयाँमा केन्द्रको स्थापना भएको छ । यहाँ ८ वटा निकाय, १४ वटा विभिन्न मन्त्रालय, विभाग र प्राधिकरणका प्रतिनिधि र ४१ जना कर्मचारी रहनेछन् । केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका भने तयार भइसकेको छैन ।

पूर्वाधार तथा जलविद्युत क्षेत्रका विद्यमान जटिलता छोट्याएर एकै निकायबाट सेवा उपलब्ध गराइदिन वर्षौंदेखि निजी क्षेत्रले केन्द्रको माग गर्दै आएको थियो । विशेषतः ऊर्जा तथा जलविद्युत क्षेत्रमा काम गर्ने व्यक्ति र निकायले केन्द्र चाहिने भन्दै आवाज उठाउँदै आएका छन् ।

सरकारले गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा पनि उद्योगी व्यवसायीलाई केन्द्र स्थापना गरी सेवा दिने बाचा गरेको थियो । स्वदेशमै उद्यम गर्ने, विदेशी लगानी ल्याउने र पूर्वाधार आयोजना निर्माण गर्नेलाई केन्द्रबाट छिटो छरितो सेवा दिने सरकारको उद्देश्य छ ।

याे पनि पढ्नुहाेस्

एकल विन्दु सेवा सञ्चालनमा, पूर्वाधार तथा जलविद्युत निर्माण सहज हुने आशा

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="