Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अनलाइनबाट ८ महिनामा ३ अर्ब विद्युत महसुल संकलन

ऊर्जा खबर फागुन २८, २०७५   1284

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चालु वर्षको ८ महिनामा अनलाइनबाट ३ अर्ब २१ करोड २५ लाख रुपैयाँ विद्युत महसुल संकलन गरेको छ । प्राधिकरणले साउनदेखि फागुन दोस्रो सातासम्मको अवधिमा उक्त परिमाणको महसुल संकलन गरेको हो ।

इन्टरनेटकाे सुविधा पुगेका देशभरका १ सय ५६ संकलन केन्द्रमा अनलाइन पेमेन्ट प्रणाली लागु भएपछि मासिक ४० करोड १५ लाख रुपैयाँ संकलन भइरहेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । उनका अनुसार प्राधिकरणका ३६ लाख १६ हजार ग्राहकमध्ये साढे ३ लाख बढीले अनलाइनबाट नियमित महसुल तिर्दै आएका छन् ।

अनलाइन सेवा प्रदायकमध्ये सबैभन्दा बढी महसुल ई–सेवाबाट संकलन भइरहेको छ । ग्राहकको आकर्षण बढ्दै गएको अनलाइन प्रणाली सेवा १२ संकलन केन्द्रमा अझै पुग्न बाँकी छ । यी केन्द्रमा चालु वर्षभित्र अनलाइन प्रणाली कार्यान्वयन गर्ने प्राधिकरणको दाबी छ ।

प्राधिकरणले २०७४ भदौ ५ गतेबाट अनलाइन पेमेन्ट प्रणाली लागु गरेको हो । डेढ वर्षमा अनलाइनबाट महसुल तिर्ने ग्राहकको संख्या हरेक महिना बढिरहेको न्यौपानेले बताए । ग्राहकले आफूलाई पायक पर्ने पेमेन्ट काउन्टर वा बैंक खाताबाट महसुल तिर्न थालेपछि यो प्रणाली प्रभावकारी हुँदै गएको पनि उनले बताए । अनलाइन पेमेन्ट प्रणालीप्रति ग्राहकको आकर्षण बढेकाले प्राधिकरणका महसुल संकलन काउन्टरमा लाग्ने भिड पनि घटेको छ ।

अनलाइन महसुल भुक्तानी गर्न प्राधिकरणले ८ वटा सेवा प्रदायकसँग सम्झौता गरेको छ । प्राधिकरणका अनुसार इ–सेवा, सिएफएस एक्सप्रेस, पे पोइन्ट नेपाल, सिटी एक्सप्रेस मनी ट्रान्सफर्मरसँग भुक्तानी सुविधा सेवाका लागि सम्झौता गरिएको छ ।

यस्तै, प्रभू, नेपाल इन्भेष्टमेन्ट, हिमालयन र महालक्ष्मी विकास बैंकसँग पनि सम्झौता भएको छ । ग्राहकले आफ्नो खाता रहेका एनआइसी एसिया, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, वाणिज्य, ग्लोबल आइएमई बैंकबाट पनि महसुल तिर्न सकिनेछ । अनलाइनबाट महसुलत तिर्न ग्राहक परिचयपत्र र वितरण केन्द्र नम्बर राखेर फारम भरेपछि प्राधिकरणको बैंक खातामा रकम जम्मा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="