Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पाँचथर पावरले ९ करोड ६२ लाखको साधारण सेयर निष्कासन गर्दै

ऊर्जा खबर पुष १, २०७५   3945

सेयर



पाँचथरमा १४.९ मेगावाटको माथिल्लो हेवा खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ साधारण सेयर निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित बासिन्दाका लागि छुट्ट्याइएको १० प्रतिशत अर्थात् ९ लाख ६२ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित फिदिम नगरपालिका र हिलेयाङ गाउँपालिकाबासीले आगामी माघ २ गतेदेखि सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

२ अर्ब ५० करोड रुपैयाँमा निर्माण भएको आयोजनाबाट कम्पनीले स्थानीयलाई सेयर निष्कासन गरेकै वर्ष नगद लाभांश दिने लक्ष्य राखेको थियो । तर, प्रसारण लाइन अभावमा उत्पादित विद्युत पूर्णरूपमा खपत नहुँदा लक्ष्य पूरा गर्न नसकिएको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए ।

‘अब प्रसारण लाइन पूरा हुने अवस्था छ, उत्पादित सबै विद्युत खपत हुन्छ,’ उनले भने, ‘हामी आर्थिक वर्ष २०७६/७७ मा लाभांश दिन सकिने छ । कम्पनीले त्यही अनुसार योजना बनाइरहेको छ ।’

१३२ केभी काबेली कोरिडोरको निर्माण समयमा पूरा नहुँदा आयोजनाको विद्युत खपत हुन सकेको छैन । अहिले ३३ केभी लाइनमा आंशिक विद्युत जोडिएको छ । विद्युत उत्पादन भएको दुई वर्षमा प्रसारण लाइनकै कारण करिब ४० करोड रुपैयाँ कम्पनीलाई नोक्सान भएको जनाइएको छ ।

आयोजना प्रभावितलाई सेयर बाँडफाँड गरेपछि सर्वसाधारणलाई छुट्ट्याइएको ९ करोड ६२ लाख रुपैयाँको ९ लाख ६२ हजार कित्ता सेयर निष्कासन गर्ने कम्पनीको योजना छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ११ बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="