Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पाकिस्तानले १३ सय मेगावाट विद्युत प्रणालीमा थप्याे

ऊर्जा खबर कार्तिक ०६, २०७६   2115

अन्तर्राष्ट्रिय



काठमाडौं। पाकिस्तानले १३ सय २० मेगावाट विद्युत प्रसारण प्रणालीमा थपेको छ । चीनसँगको सहकार्यमा निर्माण सम्पन्न चाइना हब पावर प्लान्टबाट उत्पादन भएको विद्युत प्रणालीमा जोडिएको हो ।

बलुचिस्तान प्रान्तमा निर्माण भएको पावर प्लान्टको प्रधानमन्त्री इमरान खानले औपचारिक उद्घाटन गरेका छन् । चीन पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) परियोजना अन्तर्गत संयुक्त लगानीमा निर्माण भएको पावर प्लान्टले व्यापारिक उत्पादन सुरु गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

ad

पावर प्लान्ट सञ्चालनमा आउँदा ऊर्जा संकट न्युनिकरणमा योगदान पुग्ने खानले बताए । उनका अनुसार पावर प्लान्टबाट विद्युत उत्पादन गर्न कोइलाको उपयोग गरिएको छ । पाकिस्तानमा कोइला सञ्चित रहेकाले कोइलाबाट चल्ने पावर प्लान्ट निर्माण गरेर सञ्चालन गरिएको उनले बताए ।

मागअनुसार विद्युत उत्पादन नहुँदा पाकिस्तानले लोडसेडिङको समस्या झेल्दै आएको छ । सन् २०१३ मा पाकिस्तानको प्रसारण प्रणालीमा ५ हजार मेगावाट विद्युत अपुग थियो । सन् २०१८ सम्म आइपुग्दा यो परिमाण बढेर ६ हजार मेगावाट पुगेकाे थियाे ।  पाकिस्तानको प्रसारण प्रणालीमा ४१ हजार ३ सय १६ मेगावाट विद्युत प्रवाहित छ ।

पाकिस्तानले थर्मल, प्राकृतिक ग्यास, कोइला, जलविद्युत, आणविक ऊर्जा, सौर्य, वायु र बगासलगायत स्राेतबाट विद्युत उत्पादन गरेकाे छ ।

पाकिस्तानी समाचार एजेन्सीकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="