Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत उत्पादनमा पाकिस्तानले भारतलाई उछिन्यो, एक वर्षमै साढे दुई हजार मेगावाट

ऊर्जा खबर जेठ ०३, २०७६   2127

अन्तर्राष्ट्रिय



काठमाडौं– जलविद्युत उत्पादनलाई तीव्रता दिँदै आएको पाकिस्तानले पछिल्लो एक वर्षमा विश्वलाई नै चकित पारेको छ । सन् २०१८ मा विश्वमै सबैभन्दा बढी जलविद्युत उत्पादन गरेर उसले सबै ठूला देशलाई उछिनेको हो ।

जलविद्युत उत्पादन गर्ने विश्वका उत्कृष्ट २० देशमध्ये पाकिस्तान तेस्रो स्थानमा छ । बेलायतस्थित अन्तर्राष्ट्रिय जलविद्युत संघ (आइएचए) ले भर्खरै प्रकाशित गरेको ‘जलविद्युत प्रतिवेदन २०१९, क्षेत्रगत अवस्था र अन्तरदृष्टि’ मा उक्त कुरा उल्लेख छ ।

आइएचएका अनुसार सन् २०१८ मा पाकिस्तानले २ हजार ४ सय ८७ मेगावाट जलविद्युत उत्पादन गरेको छ । यस्तै, पहिलो चीन र दोस्रो स्थानमा ब्रजिल रहेका छन् । ती देशले क्रमशः ८ हजार ५ सय ४० र ३ हजार ८ सय ६६ मेगावाट उत्पादन गरेका छन् ।

२५ हजार मेगावाट विद्युत उत्पादन गरेको पाकिस्तानको जलविद्युतको सम्भाव्यता करिब एक लाख मेगावाट छ । उसले अहिलेसम्म करिब साढे ७ हजार मेगावाट उत्पादन गरिसकेको छ । पाकिस्तान पछिल्लो एक वर्षमा मात्र ३६ प्रतिशत जलविद्युत थप गरेको प्रतिवेदनमा छ ।

सोही अवधिमा टर्कीले एक हजार ८५ मेगावाट र अंगोलाले ६ सय ६८ मेगावाट जलविद्युत उत्पादन गरेरर चौथो र पाँचौं स्थान हासिल गरेका छन् । सन् २०१८ मा ८औं स्थानमा रहेको भारतले ५ सय ३५ मेगावाट उत्पादन गरेको  आइएचएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार ताजिकिस्थान ६ सय ५ मेगावाट उत्पादन गरेर छैटौं र इक्वेडर ५ सय ५६ मेगावाट उत्पादन गरेर सातौं स्थानमा रहेका छन् । नर्वे ४ सय १९ मेगावाट, क्यानडा ४ सय १ मेगावाट, अष्ट्रिया ३ सय ८५ मेगावाट, कम्बोडिया ३ सय मेगावाट र लाओस्ले २ सय ५४ मेगावाट उत्पादन गरेका छन् ।

यसैगरी, सन् २०१८ मा जिम्बाब्वे १ सय ५० मेगावाट, अमेरिका, १ सय ४१ मेगावाट, इरान १ सय ४० मेगावाट, कंगो १ सय २१ मेगावाट, कोलम्बिया १ सय ११ मेगावाट, पेरु १ सय ११ मेगावाट र चिलीले १ सय १० मेगावाट उत्पादन गरेका छन् । प्रतिवेदनमा नेपालको नाम भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="