Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ऐतिहासिक पनौती जलविद्युतगृह : ‘शैक्षिक ग्राम’

असार २३, २०७६   1079

उहिलेकाे खबर



काठमाडौं– काभ्रेको पनौती नगरपालिका–१२, खोपासीमा अवस्थित छ, २.४ मेगावाटको पनौती जलविद्युत केन्द्र । यो फर्पिङ र सुन्दरीजलपछि देशमा निर्माण भएको तेस्रो जलविद्युत केन्द्र हो । वि.सं. २०१७ सालमा निर्माण सुरु भएको पनौतीबाट २०२२ असार ३१ गतेदेखि विद्युत उत्पादन भएको थियो ।

केन्द्र अहिले पनि चालू अवस्थामा छ । सरकार र तत्कालीन सोभियत संघ (रुस) को आर्थिक तथा प्राविधिक सहयोगमा पनौती निर्माण भएको थियो । रुसमा इन्जिनियरिङ अध्ययन पूरा गरेर स्वदेश फर्किएका इन्जिनियरहरूले रसियनसँग मिलेर आयोजनामा काम गरेका थिए । केन्द्र अहिले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा छ ।

ad

नेपालको जलविद्युत क्षमता ८३ हजार मेगावाट रहेको शोध गर्ने स्व. हरिमान श्रेष्ठ आयोजना निर्माणमा संलग्न थिए । उनी आफैंले पनौतीको डिजाइन तयार गरेका थिए ।

जीवनको उत्तरार्धतिर एउटा सार्वजनिक कार्यक्रममा उनले भनेका थिए– म इन्जिनियर भएर रुसबाट फर्केको थिएँ । पनौतीमा काम गर्ने अवसर मिल्यो । डिजाइनको काम गरेँ । निर्माणमा पनि सहभागी भएँ । २०१७ सालमा सुरु भएको पनौती २०२२ मा सम्पन्न भयो । ५ दशक बढी सञ्चालन भइसकेको विद्युतगृहको आयु सकिँदैछ । म अझै जीवितै छु ।’

जलविद्युतमा साढे ५ दशक लामो इतिहास बोकेको पनौती निर्माण गर्न २ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो । पनौतीको विद्युतगृहमा ८५० सय किलोवाटका ३ वटा युनिट छन् । राजधानी काठमाडौबाट ३५ किलोमिटर दूरीमा अवस्थित विद्युतगृह सुरमा जलविद्युत उत्पादन तथा कृषियोग्य भूमिमा सिँचाइ पुर्याउने प्रयोजनका लागि निर्माण भएको थियो ।

डिजाइन अनुसार पनौतीले वार्षिक ९.९७ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । तर, पनौतीमा उपयोग हुने रोशी खोलाको पानी स्थानीमा वितरण हुन थालेपछि उत्पादन घटेको छ ।

पनौतीको क्यानलमा प्रवाह हुने पानी काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले वितरण गरिरहेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भएको खानेपानी योजनामा जलविद्युत केन्द्रको पानी उपयोग गरिएको छ । विद्युतगृहबाट हाल वार्षिक २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भइरहेको छ ।

शैक्षिक ग्राम

विद्युतगृहलाई शैक्षिक ग्रामको रूपमा विकास गरिँदैछ । शैक्षिक तथा अनुसन्धान केन्द्र बनाउन प्राधिकरण र काठमाडौं विश्व विद्यालयबीच समझदारी भएको छ । विश्व विद्यालयले १० वर्षका लागि पनौतीलाई लिजमा लिएर शैक्षिक ग्राम बनाउन लागेको हो ।

अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्व विद्यालयले विद्युतगृहको नियमित मर्मत तथा सुदृढिकरण पनि गर्नेछ । विद्युतगृह सञ्चालन भने प्राधिकरणले नै गर्ने समझदारी छ । विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि शैक्षिक कार्यक्रम एवं तालिम सञ्चालन गर्न पनौतीको स्वामित्वमा रहेको जग्गा तथा संरचनाको प्रयोग गर्नेछ ।

जलविद्युत केन्द्रको डिजाइन संरचना

आयोजनाको प्रकार –            पिआरओआर (अर्धजलाशय)

हेड –                        ६० मिटर

जडित क्षमता –                         २.४ मेगावाट

पहुँच नहरको लम्बाई –                   ३.७२१ किलोमिटर

युनिटको डिस्चार्ज–              १.६१ मिटरक्यू

पेनस्टक पाइपको लम्बाई–                 ३७० मिटर

टर्वाइन –                              फ्रान्सिस

उत्पादन भोल्टेज –             ६.३ किलो भोल्ट

टर्बाइन/जेनेरेटर –                       ३

टर्बाइन क्षमता –                        ८५० किलोवाट

प्रसारण लाइन –                        ३३ केभी

सञ्चालन अवस्था –             चालू

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="