body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पञ्चकन्या माईको सेयर कारोबार सुरु

   असोज २४, २०७५        2957        ऊर्जा खबर

काठमाडौं– पञ्चकन्या माई हाइड्रो पावर कम्पनीको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई बुधबारबाट कम्पनीको कारोबार सुरु भएको हो ।
कम्पनीको प्रतिकित्ता सय रुपैयाँ अंकित १ करोड १० लाख कित्ता सेयर सूचीकृत गरेर कारोबार सुरु गरिएको कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । उनका अनुसार कारोबार सुरु गर्न मंगलबार कम्पनी र स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।

सूचीकृत गरी कारोबार सुरु गरिएकोमध्ये ८८ लाख कित्ता संस्थापक सेयर छ । २२ लाख कित्ता साधारण सेयर छ । कम्पनीले स्वपुँजी लगानीको १०/१० प्रतिशत साधारण सेयर २ चरणमा निष्कासन गरेर बाँडफाँड गरेको थियो ।

साधारण सेयरमध्ये ११ करोड मुल्यको ११ लाख कित्ता आयोजना प्रभावित इलामका स्थानीय र समान ११ करोड मुल्यको ११ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

पञ्चकन्या माईसँगै स्टक एक्सचेन्जमा सूचीकृत भइ कारोबार गर्ने जलविद्युत कम्पनीको संख्या २० पुगेको छ ।

कम्पनीले इलाममा निर्माण गरेको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7