Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पाँचथर पावरमा स्थानीयले ९६२० कित्तासम्म आवेदन दिन पाउने

ऊर्जा खबर पुष ३०, २०७५   2579

सेयर



काठमाडौं–  पाँचथर पावर कम्पनीमा स्थानीयबासीले ९ हजार ६ सय २० कित्तासम्म सेयर किन्न आवेदन दिन पाउने भएका छन् । कम्पनीले पाँचथरमा सञ्चालित १४.९ मेगावाटको माथिल्लो हेवा ‘ए’ जलविद्युत आयोजनको सेयर बिक्री खुल्ला गरेको हो ।

कम्पनीले स्थानीयका लागि छुट्ट्याएको सेयर खरिद गर्न आज (सोमबार) देखि बिक्री खुला गरिएको छ । पहिलो चरणमा आयोजना प्रभावित (फिदीम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिका) र जिल्लाबासीका लागि ९ लाख ६२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ ।

सेयर खरिद गर्न इच्छुक लगनीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिकित्ता सय रुपैयाँमा अंकित ९ करोड ६२ लाख ५० हजार रुपैयाँको सेयर निष्कासन गरिएको छ ।

आवेदकले छिटोमा माघ १० र ढिलोमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि कुषि विकास बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक, गुडविल फाइनान्स र कम्पनीको फिदिमस्थित कार्यालयबाट आवेदन दिन सकिनेछ ।

स्थानीयमा सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुटट्याएको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । निष्कासन तथा बिक्र प्रबन्धकमा सानिमा क्यापिटललाई तोकिएको छ ।

कम्पनीले निर्माण पूरा गरेको आयोजनाले विगत २ वर्षदेखि विद्युत उत्पादन गर्दै आएको छ । विद्युत जोडिने काबेली कोरिडोर प्रसारण लाइन निर्माण समयमा पूरा नहुँदा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् ।

अहिले ३३ केभी लाइनमा आशिंक विद्युत जोडिएको छ । विद्युत उत्पादन भएका २ वर्षमा प्रसारण लाइनकै कारण करिब ४० करोड रुपैयाँ नोक्सान भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="