Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्राेल र डिजेलकाे मूल्य २ रुपैयाँ बढ्याे

मङि्सर १६, २०७६   784

पेट्रोलियम



काठमाडाैं । नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य २-२ रुपैयाँ बढाएकाे छ । इन्डियन आयल कर्पाेरेशन (आइओसी) ले बढाएकाे मूल्य पठाएकाे हुँदा त्यही अनुसार समायाेजन गरिएकाे निगमले जनाएकाे छ ।

निगमका अनुसार आइओसीले १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढाएर पठाएकाे हुँदा साेमबार (मंसर १६ गते) राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/ मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ बढाइएकाे छ । अब पेट्रोल तथा डिजल/ मट्टितेलको खुद्रा विक्री मूल्य (काठमाडौंको हकमा) क्रमशः १०९ रुपैयाँ र डिजल/ मट्टितेलकाे मूल्य ९७ रुपैयाँ कायम भएकाे छ । आइओसीले बढाएर पठाए पनि हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत नै राखिएको जनाइएकाे छ ।
विस्तृत विवरण निगमको बेब साईटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस